डेभामा सामुदायिक स्वास्थ्य इकाईको शुभारंभ | अब धनचौर र ढिकुरा जानुपर्ने बाध्यताको अन्त्य (तस्बिरहरु)


रुद्रमणि भुसाल 
डेभा, अर्घाखाँची ।  अर्घाखाँचीको भुमिकास्थान नगरपालिका वार्ड नं. ९ ढिकुराको डेभामा सामुदायिक स्वास्थ्य इकाईको शुभारंभ भएको छ ।
सामुदायिक स्वास्थ्य इकाइको शुभारम्ब गदै भुमिकास्थानका नगर प्रमुख रेशम थापाले सिटामोल र जिबनजल पाउन समेत डेभा, सुवर्णखाल , देबिखण्ड, ओखते सानडेभाका गरि झन्डै चारहजार नागरिकहरुलाई धनचौर र ढिकुरा जानुपर्ने बाध्यताको अन्त्य गरेको बताउनु भएको छ । नगर प्रमुख थापाले डेभामा सामुदायिक स्वास्थ्य इकाईसँगै  कक्षा १२ सम्मको पलस्टु संचालन ,गच्छेभालुबाङ्ग सडक ग्राभेल लगायतका बिकास निर्माणका कामले जनताको आधारभुत बिकासका काम तिव्र्र गतिमा अगाडि बढेको बताउनु भएको छ ।
नगरउपप्रमुख खडानन्द बेल्लबासेले आधारभुत स्वास्थ्यसेवा सुरु गरेकाले यसलाई निरन्तर संचालन गर्न नगरपालिकाले आर्थिकरुपमा पनि कुनै कुराको कमीहुननदिने प्रतिबद्धता व्यक्त गनु भएको छ ।
कार्यक्रममा प्रमुख प्रशासकिय अधिकृत लिल बहादुर राउत , स्वास्थ्य शाखा प्रमुख देब बहादुर थापा , भुमिकास्थान वार्ड नं. १० का वार्ड अध्यक्ष खगिश्वर पन्थि , नेकपा एमालेका वार्ड कमिटिका अध्यक्ष मोती भटराई , नेपाली काग्रेसका उपसभापति बेल शहादुर थापा , एकीकृत समाजबादीको प्रतिनिधि राम प्रसाल भटराई नेपाल पत्रकार महासंघका जिल्ला कोषाध्यक्ष रुद्रमणि भुसाल भगबति माध्यमिक बिद्यालयका प्रअ कृष्ण खनाल , लगायतले मनतब्य राख्दै सामुदायि स्वास्थ्य सेवा सुराम्भले ग्रामिण क्षेत्रका नागरिमा केहि गाउँमा पनि स्वस्थ्य सेवा पाइने आशा पलाएको बताउदै यस इकाइ संचालन गर्न पहल गर्ने सबैलाई धन्यबाद समेत दिएका थिए ।
कार्यक्रम वार्ड ९ का वडा अध्यक्ष नारायण खनालको अध्यक्षता र धन्चौरका स्वास्थ्य चौकी इन्चार्ज शिब जिसीको संचालनमा सम्पन्न भएको हो । कार्यक्रममा वडा सदस्यहरु,जुनियर रेडक्रससोसाइटी बिद्याथीहरु , समाजसेबी स्थानिय लगायतको सहभागिता रहेको थियो ।

अन्य समाचारहरु