कोरोना संक्रमण न्यून रहेको भूमिकास्थानमा नगरपालिकाले रोक लगाएपनि देउसी-भैलो खेलिने


अर्घाखाँचीडट्कम संवाददाता 
नुवाकोट, अर्घाखाँची (अर्घाखाँचीडट्कम) । कोरोना संक्रमण न्यून रहेको अर्घाखाँची जिल्लाको भूमिकास्थानमा नगरपालिकाले भिड्भाडका गतिविधीमा रोक लगाएपनि यहाँका संघ-संस्था लगायत सबैले देउसी-भैलो खेल्ने भएका छन् । 
भूमिकास्थान नगरपालिकाले बुधवार एक विज्ञप्ती निकालेर भिड्भाडका गतिविधीमा रोक लगाएपनि यहाँका संघ-संस्था, गाउँ – गाउँमा युवा युवती, केटाकेटीहरु लगायत सबैले देउसी-भैलो खेल्ने भएका हुन् ।
यस्तै भूमिकास्थान नगरपालिकाले देउसी-भैलो खेल्न रोक लगाएको भन्दै स्थानियबासी आक्रोसित छन् । पार्टी, संघ, संस्थाका ठुला ठुला कार्यक्रम गर्न दिने तर स्वास्थ्य मापदण्ड पुरा गरी देउसी-भैलो खेल्नको आयोजनामा रोक लगाउने भन्दै उनिहरु आक्रोसित बनेका हुन् । काठमाडौं लगायत ठुला शहरमा त देउसी-भैलो खेल्न अनुमती दिएका छन्, यहाँ १०, १५ जना जम्मा भएर भैलो खेल्न किन रोक्ने, यिनी नेता, जनप्रतिनिधी र वार्ड नगरपालिकाका कर्मचारीको बुद्धी के होला ?” भन्दै सामाजिक संजालमा उनिहरुले आक्रोश पोखेका छन् ।
उता यस बाहेक जिल्लाको सदरमुकाम सन्धिखर्क, चुत्राबेसी लगायत सबै स्थानिय तहमा देउसी-भैलो खेल्न आ – आफ्नो तयारी गरेका हुन् ।
जिल्लाका सन्धिखर्क नगरपालिका, शितगंगा नगरपालिका, मालारानी गाउँपालिका, पाणिनी गाउँपालिका र छत्रदेव गाउँपालिकाका संघ- संस्था, राजनितिक दलले स्वास्थ्य मापदण्ड पुरा गरी देउसी-भैलोको आयोजना गर्ने तयारी गरेको बताएका छन् । यस्तै गाउँ – गाउँमा युवा युवती, केटाकेटीहरुले आफ्नै तरिकाले देउसी-भैलो खेल्ने तयारी गरेका छन् ।
  
देशको राजधानी काठमाडौं लगायत मुलुकभर देउसी-भैलो खेल्न अनुमती दिएका छन् । तर अर्घाखाँचीमा प्रहरी, प्रशासन स्रोतका अनुसार स्वास्थ्य मापदण्ड पुरा गरी देउसी-भैलो आयोजना गरे कुनै अवरोध, हस्तक्षेप नगरिने बताइएको छ ।  गत वर्ष कोरोना संक्रमणका कारण देउसी-भैलो खेल्ने रोक लगाइएको थियो ।  
उता यस अगाडि जिल्लाभर सयौको उपस्थितीमा दशैँ मेला सराय नाँच भएका थिए । 
जिल्लामा कोरोना संक्रमितको संख्या दिनप्रतिदिन घटेको छ । भने  जिल्लामा कोभिड १९ विरुद्धको खोप कार्यक्रम निरन्तर चलिरहेको छ ।  
दोस्रो पटक गत वैशाख २१ गते मंगलवारदेखि जारी निषेधाज्ञाका कारण जिल्लाको जनजीवन अत्यन्त कष्टकर भएको थियो ।

अन्य समाचारहरु