अर्घाखाँचीमा भाई टिकाको दिन शनिवार ४ जनाले कोरोना जिते, कोही पनि संक्रमित थपिएनन् ( सम्पूर्ण विवरण सहित)


अर्घाखाँचीडट्कम संवाददाता 
सन्धिखर्क, अर्घाखाँची (अर्घाखाँचीडट्कम) । अर्घाखाँची जिल्लामा पछिल्लो २४ घण्टामा थप ०  जना कोरोना संक्रमित थपिएका छन् ।
जिल्लामा आजसम्म सक्रिय कोरोना संक्रमितको संख्या ५४ जना पुगेको छ । जसमा सन्धिखर्क नगरपालिकामा २८ जना, भूमिकास्थान नगरपालिकामा ७ जना,  शितगंगा नगरपालिकामा ६ जना,  मालारानी गाउँपालिकामा ४,            पाणिनी गाउँपालिकामा ७  र छत्रदेव गाउँपालिकामा २ जना संक्रमित रहेका छन् । 
जिल्लामा गत वर्षदेखि आजसम्म संक्रमितको संख्या ४४५१ जना पुगेको छ । जसमा सन्धिखर्क नगरपालिकामा १९५७  जना, भूमिकास्थान नगरपालिकामा ७५४ जना,     शितगंगा नगरपालिकामा ४४४ जना,       मालारानी गाउँपालिकामा ५५५ जना,  पाणिनी गाउँपालिकामा ४४० जना  र छत्रदेव गाउँपालिकामा ३०१   जना संक्रमित रहेका छन् ।   
साथै पछिल्लो २४ घण्टामा जिल्लाभर ४ जनाले कोरोना जितेका छन् । जिल्लामा गत वर्षदेखि आजसम्म  ४३०८ जनाले कोरोना जितेका छन् ।  जसमा सन्धिखर्क नगरपालिकामा १९००  जना, भूमिकास्थान नगरपालिकामा ७३१  जना,  शितगंगा नगरपालिकामा ४२४  जना,   मालारानी गाउँपालिकामा ५३६ जना,    पाणिनी गाउँपालिकामा ४२२  जना   र छत्रदेव गाउँपालिकामा २९५  जनाले कोरोनालाई जितेका हुन् ।
यस्तै जिल्ला प्रशासन कार्यालयका अनुसार काेराेना संक्रमणका कारण जिल्लामा गतवर्षदेखि हालसम्म ८९ जनाको ज्यान गएको छ । जसमा सन्धिखर्क नगरपालिकामा २९  जना, भूमिकास्थान नगरपालिकामा १६, शितगंगा नगरपालिकामा १ जना आत्महत्या सहित १४, मालारानी गाउँपालिकामा १५, पाणिनी गाउँपालिकामा ११   र छत्रदेव गाउँपालिकामा ४ जना संक्रमित रहेका छन् ।

शनिवारको कोरोना विवरण यस्तो छ: