मालारानी गाउँपालिकाद्धारा अपाङ्गता व्यक्तिहरुको पहिचान गरि बर्गिकरण गर्ने कार्यलाई निरन्तरता


नविन के.सी 
खनदह, अर्घाखाँची (अर्घाखाँचीडट्कम) । अर्घाखाँची जिल्लाको मालारानी गाउँपालिकाले आज अपाङ्गता भएका व्याक्तिहरुको पहिचान गरि बर्गिकरण गर्ने कार्यलाई निरन्तरता दिएको छ । उक्त कार्यको आज पालिका अध्यक्ष बालकृष्ण आचार्यले उद्घाटन गर्दै पालिका भित्र रहेका फरक क्षमताका व्याक्तिहरु कोहि पनि सामाजिक सुरक्षाबाट बञ्चीत हुन नपरोस भनेर पहिचान सिबिर राखि परिचय पत्र बितरण गर्ने कार्यलाई निरन्तरता दिदै आएको बताउनु भयो ।
कार्यक्रममा पालिका उपाध्यक्ष प्रमिला क्षेत्रीले फरक क्षमता भएका व्याक्तिहरुको लागी क्षमता अभिबृत्तिको लागी पालिकाले प्रत्येक बर्ष सहयोग गर्दै आएको बताउनु भयो । यस्तै समय समयमा फरक क्षमता भएका व्याक्तिहरुको पहिचानको लागी सिबिर समेत निरन्तर राख्ने बताउनु भयो । पालिका स्तरमा पालिका उपाध्यक्षको संयोजकत्वको डाक्टर सहितको टोलिले अपाङ्गताको बर्गीकरण गरि परिचय पत्र बनाउनको लागी सिफारिस गर्ने गर्दछ ।
 उद्घाटन सत्रको कार्यक्रम पालिका उपाध्यक्ष प्रमिला क्षेत्रीको अध्यक्षता , पालिका अध्यक्ष बालकृष्ण आचार्यको प्रमुख आतिथ्यिता , प्रमुख प्रशासकिय अधिकृत रमेश पन्थी र पत्रकार महासंघका उपाध्यक्ष बिरेन्द्र के.सी , वडा अध्यक्षहरु तथा कार्यपालिकाका सदस्यहरुको आतिथ्यता रहेको कार्यक्रमको सञ्चालन पालिकाका स्वास्थ्य शाखा प्रमुख भबिश्वर खनालले गर्नु भएको थियो ।
आजको सिबिरमा ४६ जना फरक क्षमता भएका व्याक्तिहरुको चेकजाचँ भएको महिला बिकाश साखा प्रमुख तिर्सना पौडेलले जानकारी दिनु भयो ।