अर्घाखाँचीमा एमालेले १० औं राष्ट्रिय महाधिवेशनका लागि प्रतिनिधि छनौट गर्यो (तस्बिर र नामावली सहित)


अर्घाखाँचीडट्कम संवाददाता 
सन्धिखर्क, अर्घाखाँची (अर्घाखाँचीडट्कम) । अर्घाखाँची जिल्लामा नेकपा (एमाले) ले आगामी मंसिर १०-१२ गते चितवनमा हुन गइरहेको १० औं राष्ट्रिय महाधिवेशनका लागि सर्वसम्मत रुपमा प्रतिनिधि छनौट गरेको छ । 
जिल्लाबाट एमालेले आगामी मंसिर १०-१२ गते चितवनमा हुन गइरहेको १० औं राष्ट्रिय महाधिवेशनका लागि सर्वसम्मत रुपमा प्रतिनिधि छनौट गरेको हो । 
सर्वसम्मत रुपमा प्रतिनिधि छनौटमा खुल्ला तर्फ चेतनारायण आचार्य, रामजी प्रसाद घिमिरे, जनार्दन खनाल, कुटमदिन अलि, पिताम्बर भुसाल, तोज बहादुर रायमाझी, प्रकाश ज्ञवाली, काशिराम आचार्य र खगिश्वर पन्थी रहेका छन् । यस्तै खुला महिला तर्फ जालपा भुसाल, बिजुला रायमाझी, प्रमिला क्षेत्री र बिष्णुमायाँ आचार्य रहेका छन् । साथै दलित तर्फ भोज बहादुर गन्धर्व, लिल बहादुर बि. क. र शिवकला बि. क.  रहेका छन् । 
छनौट प्रतिनिधिहरुलाई आज शनिबार प्रमाणपत्र वितरण गरिएको थियो ।