शितगंगा नगरपालिका कोरोना मुक्त


अर्घाखाँचीडट्कम संवाददाता 
ठाडा, अर्घाखाँची (अर्घाखाँचीडट्कम) । अर्घाखाँची जिल्लाको शितगंगा नगरपालिका कोरोना मुक्त भएको छ ।  यस नगरपालिकामा आज सक्रिय कोरोना संक्रमितको संख्या सुन्य रहेको छ । 
साथै अर्घाखाँचीडट्कमको दैनिक उप्डेट विवरण अनुसार यस  शितगंगा नगरपालिकामा गत वर्षदेखि आजसम्म संक्रमितको संख्या ४४४ जना रहेको छ । 
यस्तै यस नगरपालिकामा शुरुदेखि आजसम्म  ४३० जनाले कोरोना जितेका छन् । भने १ जना आत्महत्या सहित १४ जनाको निधन भएको छ । 
आईतवारको कोरोना विवरण यस्तो छ:

जिल्लामा आजसम्म सक्रिय कोरोना संक्रमितको संख्या २४ जना पुगेको छ । जसमा सन्धिखर्क नगरपालिकामा १३  जना, भूमिकास्थान नगरपालिकामा ०  जना,  शितगंगा नगरपालिकामा ० जना,  मालारानी गाउँपालिकामा ५,   पाणिनी गाउँपालिकामा ५  र छत्रदेव गाउँपालिकामा १  जना संक्रमित रहेका छन् । 

जिल्लामा गत वर्षदेखि आजसम्म संक्रमितको संख्या ४४६३ जना पुगेको छ । जसमा सन्धिखर्क नगरपालिकामा १९६३  जना, भूमिकास्थान नगरपालिकामा ७५४ जना,     शितगंगा नगरपालिकामा ४४४ जना,       मालारानी गाउँपालिकामा ५५८ जना,  पाणिनी गाउँपालिकामा ४४३ जना  र छत्रदेव गाउँपालिकामा ३०१   जना संक्रमित रहेका छन् ।   

साथै पछिल्लो २४ घण्टामा जिल्लाभर ७ जनाले कोरोना जितेका छन् । जिल्लामा गत वर्षदेखि आजसम्म  ४३५० जनाले कोरोना जितेका छन् ।  जसमा सन्धिखर्क नगरपालिकामा १९२१  जना, भूमिकास्थान नगरपालिकामा ७३८  जना,  शितगंगा नगरपालिकामा ४३०  जना,   मालारानी गाउँपालिकामा ५३८ जना,    पाणिनी गाउँपालिकामा ४२७  जना   र छत्रदेव गाउँपालिकामा २९६  जनाले कोरोनालाई जितेका हुन् ।

यस्तै जिल्ला प्रशासन कार्यालयका अनुसार काेराेना संक्रमणका कारण जिल्लामा गतवर्षदेखि हालसम्म ८९ जनाको ज्यान गएको छ । जसमा सन्धिखर्क नगरपालिकामा २९  जना, भूमिकास्थान नगरपालिकामा १६, शितगंगा नगरपालिकामा १ जना आत्महत्या सहित १४, मालारानी गाउँपालिकामा १५, पाणिनी गाउँपालिकामा ११   र छत्रदेव गाउँपालिकामा ४ जना संक्रमित रहेका छन् ।

अन्य समाचारहरु