अर्घाखाँचीका हर्नेया पीडितलाई भिम उपाध्यायद्धारा आर्थिक अभियान संचालन, ८० हजार रुपैयाँ बढी संकलन


अर्घाखाँचीडट्कम संवाददाता 
सन्धिखर्क, अर्घाखाँची (अर्घाखाँचीडट्कम) । अर्घाखाँची जिल्लाको  सन्धिखर्क नगरपालिका वार्ड नम्बर-९ अर्घाको नौलापानीका हर्नेया पीडितलाई नेपाल सरकारका पूर्वसचिव तथा सामाजिक अभियान्ता भिम उपाध्यायले आर्थिक अभियान संकलन गरेका छन् । 
नेपाल सरकारका पूर्वसचिव भिम उपाध्यायले अर्घाको नौलापानीका हर्नेया पीडित ४९ वर्षिय श्यामलाल सार्की नेपालीलाई आर्थिक अभियानबाट ८० हजार १ सय ४५ रुपैयाँ संकलन गरेका हुन् । 
उपाध्यायले सामाजिक सन्जालमा मार्फत श्यामलालको उपचारको लागि भनी शुरु गरेको अभियानमा आर्थिक संकलन हुने क्रम जारी छ ।         
विगत तेह्र वर्षदेखिको हर्नेया रोगबाट पीडित रहेका श्यामलाल उपचार नपाउदा घरमा बस्न वाध्य रहेका छन् । साथै श्यामलालको स्वास्थ्य समस्या सामाजिक सन्जालमा आएपछि उपाध्यायले अभियान शुरु गरेका छन् । आर्थिक अवस्था कमजोर भएका श्यामलालकी श्रीमती र १३ वर्षकी छोरी रहेका छन् । पीडित श्यामलाललाई काठमाडौंमा ल्याएर उपचारका लागि पहल गरेको उपाध्यायले उल्लेख गरेका छन् ।         
सामाजिक अभियान्ता भिम उपाध्यायले चलाएको आर्थिक अभियानबाट अहिलेसम्म संकलन भएको रकम विवरण यस्तो छ:- 
१. शिव पौडेल न्युजिल्याण्डबाट रू १६,६००/-
२. निर्मल उप्त्रेती मकाउबाट रू ७९९०/-
३. भोज राज खड्का इष्ट अफ्रिक रू २५००/-
४. हिक्मत बुढा क्षेत्री रू २००/-
५. लोकेन्द्र भण्डारी रू ११११/-
६. गौतम पाण्डे रू २०००/-
७. उमेश भण्डारी रू ५०००/-
८. अभिषेक गिरी रू ५०००/-
९. एकजना केसी भाइ बाग्लुङ रू ३०००/-
१०. हेम लाल खनाल रू ३०००/-
११. प्रेम लम्साल रू १०,०००/-
१२. किशोर थापा रू ५०००/-
१३. गणेश ओझा रू २०००/-
१४. एमदी हुस्सैन रू ३०००/-
१५. विश्व प्रकाश सुबेदी रू २०००/-
१६. ३ जना ज्योति बिकास बैंक अमवा रूपन्देहीबाट रू २०००/-
१७ बिरेन्द्रप्रसाद पन्त रू ७००/-
१८ योगेश उपाध्याय रू ५००/-
१९ निकेश पाण्डे रू ३००/-
२० दीपकबहादुर क्षेत्री रू ५००/-
२१ न्यौपाने निर्मल रू २०००/-
२२ . अनिल क्रेस्त रू ५५५५/-
२३ अर्जुन बिष्ट चैतन रू ५०/-
२४. सुनिता  रसैली रू ११००/- 
जम्मा रू ८०,१४५/-(अशि हजार १ सय ४५ रुपैँया)