पानडाँडा, अर्घाखाँची (अर्घाखाँचीडट्कम) । अर्घाखाँची जिल्लाको भुमिकास्थान नगरपालिका वार्ड नं – ७ नुवाकोटको पानडाँडामा खानेपानीको हाहकार भएको छ ।
नुवाकोटको तल्लो पानडाँडामा वर्षौदेखि खानेपानीको हाहकार भएको हो ।
२५ बढी घरधुरी रहेको पानडाँडा खानेपानीको ठुलो समस्या परेको छ । १ गाग्री पानी भर्न घण्टौ समय लाग्ने गर्दछ । यहाँ आउने पानी मुहानबाट नियमित रूपमा यस क्षेत्रका उपभोक्ताले सास्ती ब्योहोर्दै आइरहेका छन् ।
धारामा दिनमा २,४ गाग्री मात्र पानी आउने गर्दछ । यहाँका स्थानियले खानेपानीको लागि मार्सिक खानेपानीको लागि पैसा तिर्दै आएका छन् ।
पधेरोमा पनि लिन जाँदा घण्टौ समय लाग्ने गर्दछ । वर्षौदेखि खानेपानीको समस्या भोक्दै आएको यस गाउँमा कसैको ध्यान पुग्न सकेको छैन् । स्थानीय सरकारको निति एक घर एक धारा रहेको छ भने यहाँ एक धारा पच्चिस घर लाईन बसेर दुई गाग्री पानी थाप्नको लाइनमा बसेर पानी कतिबेला धारोमा आउछ भन्दै कुर्दै बसेका छन् ।
नुवाकोट अग्लो भेग छ र त पानी प्रसस्त छ भने यहाँ त पानीको अभाव नहुनु पर्ने हो तर स्थानीय सरकारले कुनै चासो नदिएको जनगुनासो रहेको छ।
यस्तै नुवाकोटका केही गाउँमा लिप्टिङबाट पानी ल्याउने याेजना भएता पनि सक्रिय रुपमा जनप्रतिनिधिले चासाे देखाएका छैनन् । पानडाँडाका ठाउँ-ठाउँमा पशुले पिउने पानी, नुहाउने लुगा धुने अनी मानिसले खानेपानी एउटै पधेरो – पाेखरीमा हुँदै आएको छ । उता रोग फैलने खतरा बढेको छ ।
लामो समयदेखि खानेपानीको लागि निर्वाचित जनप्रतिनिधि, राजनीतिक दलका नेताहरु सबै बाम्बार अनुरोध गर्दा पनि चासो नदिएको स्थानियबासीको गुनासो छ । चुनावका बेला भोट् माग्न आउँदै हुन्छ, पानी आउन्छ भन्छन्, तर चुनाव जितेपछि फर्केर आउँदैनन् ।
स्थानियबासीले भन्छन्; खानेपानीको व्यवस्था होस्, हाम्रो वर्षौदेखिको खानेपानी समस्यालाई सम्बन्धित निकायले ध्यान दिन पर्यो ।