अर्घाखाँचीडट्कम संवाददाता
सन्धिखर्क, अर्घाखाँची (अर्घाखाँचीडट्कम) । अर्घाखाँची जिल्लाको सन्धिखर्कमा बोक्सीको आरोप (कसुर र सजाय) ऐन २०७२ सम्बन्धी प्रहरीको प्रशिक्षण कार्यक्रम सम्पन्न भएको छ ।
जिल्ला प्रहरी कार्यालय अर्घाखाँचीमा मंगलवार जातिय भेदभाव तथा छुवाछुत सम्बन्धी अन्तराष्ट्रिय तथा संवैधानिक ब्यवस्था, मुलुकी अपराध संहिता २०७४, बोक्सीको आरोप (कसुर र सजाय) ऐन २०७२ सम्बन्धी प्रशिक्षण कार्यक्रम सम्पन्न भएको हो ।
जिल्ला प्रहरी कार्यालय अर्घाखाँचीको सभाहलमा सम्पन्न प्रशिक्षण कार्यक्रममा जिल्ला प्रहरी कार्यालयमा कर्यरत ५५ जना प्रहरी अधिकृत तथा जवानहरूको उपस्थिती रहेको थियो ।
प्रशिक्षण प्र.नि.गणेश खनालले प्रशिक्षण दिनु भएको थियो ।