अर्घाखाँचीमा टुरिष्ट कांग्रेसको बिगबिगी, सयौ टुरिष्ट उम्मेदवार झुल्किए | अब टुरिष्टलाई नो भोट्


२०७८ म‌सिर १, बुधवारमा प्रकासित
बिष्णु भुसाल
सन्धिखर्क, अर्घाखाँची (अर्घाखाँचीडट्कम) । अर्घाखाँची जिल्लामा कांग्रेसीहरु महाधिवेशनको चटारो संगै तातिन थालेका छन्। यतिबेला जिल्लामा कहिल्यै नदेखिने कांग्रेसीहरु झुल्कीन थालेका हुन्। राजनितिक लाभ लिन महाधिवेशनमा मरिमेट्नेहरु चुनाब सकिएपछि नाम भजाउन राजधानी वा अन्य सहर तिर बिलाउछन् भने हार्नेहरु हारको रिस बोकेर उनिहरुको बिरोधमा खनिने गर्दछन्।
वर्षौ पछि यतिबेला जिल्लामा देखिएका टुरिष्ट उम्मेदवारहरुले सामाजिक संजाल तताएका छन् ।  हरेक अधिवेशनपछि जितेका र हारेका अधिकांस नेता कार्यकर्ता जिल्लाबाट गुमनाम हुने गरेको आरोप लाग्ने गरेको छ। जिल्लामा सधै क्रियाशिल रहने दुईचार जना बाहेक अन्य सबै आ–आफ्नो मेसो तिर लाग्ने गर्दछन्। स्थानिय स्तरमा हुने राजनितिक कार्यक्रममा कहिल्यै नदिखेनेहरु हिजो आज मतदाताका दैलो चाहार्दै गरेको भन्दै साच्चीकै कांगे्रसीहरुले गुनासो गर्न थालेका हुन् ।
जिल्लामा जय बहादुर टण्डन, चोपलाल भुसाल, मुक्ति राम श्रेष्ठ, अनिता ज्ञवाली,  हरी आचार्य, कपिल पोख्रेल, धर्मराज भुसाल डा मुक्तिराम भुसाल, शिवलाल बेल्बासे,  अहमद हुसेन, धर्मराज खनाल, शिवलाल बेल्बासे, रजप मियाँ, कपिल पोख्रेल,  अम्बिका पोखरेल, लगायत १५० भन्दा बढी टुरिष्ट उम्मेद्वार छन् । 
यस्तै टुरिष्ट उम्मेद्वारले जिल्लामा बिगबिगी मच्चाएको र बाहिर बस्ने अनि चुनाबको मुखमा जिल्ला आएर पैसाको भरमा चुनाब जित्ने बिकृतीका कारण कांग्रेस फस्टाउन नसकेको जिल्ला कार्यसमितिका एक नेता बताउन्छन् । जिल्लामा थामि नसक्नुको भिडभाड बढेको छ। ‘केन्द्रबाट नै गुटको राजनिति शुरु भएको छ। गाउँ टोल सबै फुटाएर राजनिति शुरु गरिएको छ।’
जिल्ला कार्यसमितिका एक नेताले भने; ” पुष्पा भुसाल ज्यु पनि चुनाव नजिकिदा—-संसद चुनावमा देखा पर्ने हो हो,   रेवती प्रसाद भुसाल, डा. रामबहादुर विसी, मानबहादुर  लगायत नेताहरु  चुनावका बेला मात्र जिल्लामा आउनुहुन्छ । जय बहादुर टण्डन, चोपलाल भुसाल, मुक्ति राम श्रेष्ठ, अनिता ज्ञवाली सबै टुरिष्ट,,, यसरी संगठन कहाँ बलियो हुन्छ ।    यथेष्ट लाभ प्राप्त गरिसकेका ब्यक्ति हुन भने पार्टी र जनताको खासै चिन्ता चासो देखिदैन् । यिनिहरुमा पद र प्रतिश्ठाको मात्रै चाहना देखिन्छ ।
साथै अर्घाखाँचीका प्राय स्थानिय नेताहरुले टुरिष्ट उम्मेद्वारलाई भोट् दिएर नजिताउन अपिल गरेका छन् । उनिहरु भन्छन्; “वर्षभर बाहिर बस्ने चुनाव लड्न आउनेलाई लखट्नु पर्छ । बाहिर बसेर जिल्लालाई प्रयोग गर्न मिल्दैन।” जिल्लामा बसेर राजनीतिक गरेको बाहेक बाहिरबाट आउने टुरिष्टलाई नो भोट् । 
‘चुनाबको मुखमा जिल्ला आउने अरुबेला हराउने, जनताको सुख दुखमा भन्दा पनि चुनाव, अबिधेशनमा मात्र चासो राख्नेले गर्दा संगठन बिग्रिएको स्थानिय नेताहरु बताउन्छन् । जिल्लामा एक सय बढि टुरिष्ट कांग्रेसीहरु रहेका छन्। अबिधेशन सुरु भए पछि उनिहरुको पनि चलखेल शुरु भएको छ। ‘जिल्ला कार्यसमितिमा भएकाहरु समेत निर्बाचन पछि हराएका बल्ल जिल्लामा देखिन थालेका छन्। संगठन, कार्यकर्ता मतदाताका बारेमा कुनै चिन्ता नभएका यिनिहरुलाई चुनाब बाहेक अरु केहि मतलब छैन।’
कांग्रेस सभापति पदमा ४ जनाको दावी
नेपाली कांग्रेसको १४औं महाधिवेशनको मिति नजिकिदै गर्दा अर्घाखाँचीमा जिल्ला सभापतिको नेतृत्व लिन अहिलेसम्म चार जना अग्रसर देखिएका छन् । जसमध्ये वर्तमान सभापती बिष्णुप्रसाद खनाल मुस्कान, महासमिती सदस्य केशब श्रेष्ठ, नेपाल शिक्षक संघका जिल्ला अध्यक्ष यादव घिमिरे र महाधिवेशन प्रतिनिधी ईन्द्रमणी पौडेलले सभापतीमा दावी गरेका छन् । महाधिवेशनको मिति नजिकिदै गर्दा जिल्लामा चहलपहल दिन प्रतिदिन बढ्दै गएको छ । यो संगै अहिले सम्मको जानकारीअनुसार सभापतिका चारै जना दाबेदार चुनावी मैदान बाट पछि नहटने भनेका छन ।सोहि अनुसार पर्चा पम्पलेट र ब्यानरद्धारा नेता तथा कार्यकर्ता हरु प्रचार पसारमा लागेका छन ।
यस्तै सभापतिका अतिरिक्त ५ उपाध्यक्ष, ४ सचिव, ४ सहसचिवका उम्मेद्वारहरु पनी मैदानमा छन् । पार्टीको कुनै कार्यतालिका परिवर्तन नभएमा सभापति सहित अन्य पदमा मंसिर ६ गते निर्वाचन नै हुने देखिएको छ ।