अर्घाखाँचीडट्कम संवाददाता
सन्धिखर्क, अर्घाखाँची (अर्घाखाँचीडट्कम) । अर्घाखाँची जिल्लामा नेपाली कांग्रेसको भोली हुने १४ औं महाधिवेशनको तयारी पुरा भएको छ ।
काङ्ग्रेस अर्घाखाँचीका युवानेता ऋषब ज्ञवालीले सबै क्षेत्रीय प्रतिनिधिहरुलाई बधाई दिदै काङ्ग्रेस लाई थप सुदृढ र संगठित बनाउन सबैमा अपिल गरेका छन् ।
भर्खरै सम्पन्न काङ्ग्रेस अर्घाखाँचीको प्रदेश क्षेत्रीय अधिवेशन बाट निर्वाचित सम्पुर्ण पदाधिकारी तथा प्रतिनिधिहरुलाइ समेत बधाइ दिदै ज्ञवालिले आसन्न जिल्ला अधिवेशनमा आफू केन्द्रिय महाधिवेशन प्रतिनिधिको दौडमा रहेको स्मरण गराउदै सबैलाइ सहयोग गर्न अपिल समेत गरेका छन् ।
यस्तो छ अपिल
हार्दिक अपिल!
आदरणीय अर्घाखाँचीबासी आमाबुवा, दाजुभाइ तथा दिदिबहिनीहरु सम्पुर्णमा कोरोना महामारीको यो विषम परिस्थितिमा सु-स्वास्थ तथा दिर्घायुको कामना गर्दछु।
हामि अहिले नेपाली काङ्ग्रेसको चौधौ महाधिवेशनको पुर्व सन्ध्यामा छौ। पार्टी नेतृत्व चयनका क्रममा जुट्नुभएका सम्पुर्ण विजयी क्षेत्रीय प्रतिनिधिहरु, समग्र जिल्लामा रहेका वार्डबाट निर्वाचित हुनुभएका सम्पुर्ण वार्ड कार्य समितिका पदाधिकारी एवं सदस्यज्युहरु, विभिन्न पालिकाबाट निर्वाचित पदाधिकारी एवं सदस्यज्युहरु, प्रदेश सभा क्षेत्रीय कार्य समिति पदाधिकारी एवं सदस्यज्युहरु एवं सम्पुर्ण निर्वाचित प्रदेश प्रतिनिधिज्युहरु तथा पार्टीप्रती आस्थावान समग्र महानुभावहरुमा जय नेपालको न्यानो अभिवादन व्यक्त गर्दछु।
नेपालको प्रजातान्त्रिक आन्दोलनमा अनवरत रुपमा संघर्षरत रहि तत्कालीन निरंकुश शासन व्यवस्था र कम्युनिस्ट अतिवाद विरुद्ध हामी र हाम्रो परिवार निरन्तर रुपमा संघर्षरत रहेको कुरा यहाहरु सबैमा सर्व विदितै छ। प्रजातान्त्रिक सेनानी स्वर्गीय आदरणीय बुवा चन्द्रमणी ज्ञवालिको सुपुत्रको रुपमा आफुलाइ पाउँदा गौरव महसुस गरेको छु।
विगत विद्यार्थी जिवनकालदेखी नेपाल विद्यार्थी संघ जनज्योति इकाइ समिती, पाणिनी बहुमुखी क्याम्पस इकाइ समिती, काठमाडौं शिक्षा क्याम्पस इकाइ समिती सहित अर्घाखाँची जिल्ला जिल्ला कार्य समितिका विभिन्न तह र तप्कामा बसि काम गरेको लामो विद्यार्थी राजनीतिक अनुभव तथा निरंकुश शासन व्यवस्था विरुद्ध ०६२/६३ सालको जन आन्दोलनमा विद्यार्थी मोर्चाको नेतृत्व गर्दै अग्रपंक्तिमा प्रजातान्त्रिक प्रणालीका पक्षमा आफुलाइ समर्पित गर्दै आएको कुरा यहाहरु समक्ष जानकारी गराउदछु।
पेशा व्यावसायका क्रममा जिल्ला या जिल्ला बाहिर बसेता पनि जिल्लाका हरेक राजनीतिक क्रियाकलाप होस अथवा जिल्लाका विकास निर्माण तथा जिल्लाबासिका समग्र समस्याहरूमा आफुले सकेसम्म सक्दो उपस्थिति एवं सहयोगको प्रयास गर्दै आएको कुरामा समग्र जिल्लाबासिहरु जानकार नै हुनुहुन्छ।
हामी समग्र काङ्ग्रेसजनहरु महाधिवेशनको महासंग्राममा दौडिरहदा काङ्ग्रेसलाई गतिशील र जनताको पार्टी बनाउने जिम्मा हाम्रो काधमा आइपरेको छ। गतिशील र सुदृढ काङ्ग्रेस निर्माण अभियानमा समग्र काङ्ग्रेसजन दौडिरहदा नीति, नेतृत्व र संगठनप्रती बहस चल्नु चलाइनु स्वभाविक हो। जनताले अपनत्व महसुस गर्ने काङ्ग्रेस आजको आवश्यकता हो। बालबालिका, युवा, प्रौढ तथा वृद्ध हरु सबैको काङ्ग्रेस जनताको चाहना हो र देशको आवश्यकता पनि।
काङ्ग्रेसलाई जनताको पार्टी निर्माणका निमित्त आसन्न चौधौ महाधिवेशनमा नेपाली काङ्ग्रेस अर्घाखाँची जिल्लाका सम्पुर्ण निर्वाचित कमिटी पदाधिकारी एवं क्षेत्रीय प्रतिनिधिज्युहरु र समग्र काङ्ग्रेसजनहरुका विचमा बसि सवल, सक्षम र सुदृढ काङ्ग्रेस अभियानमा निरन्तर लागिरहने प्रतिबद्धता सहित आगामी आसन्न अधिवेशनमा केन्द्रिय (संघिय) महाधिवेशन प्रतिनिधि पदमा उमेदवारको रुपमा यहाहरुमाझ आफुलाइ प्रस्तुत गरेको छु।
आजसम्म समग्र जिल्लाबासिहरुले दिनुभएको माया र सद्भाव प्रती आजिवन ऋणी छु।
आशा छ आगामी दिनमा पनि यहाहरुको माया र सद्भाव निरन्तर रुपमा रहनेछ। जय नेपाल।।।
ऋषब ज्ञवाली
केन्द्रिय महाधिवेशन प्रतिनिधि उमेदवार – अर्घाखाँची।
स.न.पा. – ७ (साविक खाचिकोट)
सम्पर्क नम्बर- ९८५१०४४८१९.