अर्घाखाँचीडट्कम संवादाता
सन्धिखर्क, अर्घाखाँची । अर्घाखाँची जिल्लामा १८ बर्ष माथिका सबै नागरिकहरुलाई आजदेखि कोरोना विरुद्धको खोप अभियान शुरु भएको छ ।
जिल्लाभरका सबै खोप केन्द्रमा १८ बर्ष माथिका सबै नागरिकहरुलाई आज मंसिर ६ गतेदेखि ८ गतेसम्म कोरोना विरुद्धको भेरोशेल खोप अभियान शुरु भएको हो ।
जिल्ला अस्पताल सन्धिखर्कको खोप केन्द्र लगायत जिल्लाभरका सबै खोप केन्द्रमा कोरोना विरुद्धको पहिलो मात्रा खोप लगाउन भिड लागेको छ ।
१८ बर्ष माथिका सबै नागरिकहरुले मंसिर ६, ७ र ८ गते नजिकको खोप केन्द्रमा नागरिता लिएर गई खोप सेवा लिन सक्ने छन् ।