अर्घाखाँचीडट्कम संवाददाता
सन्धिखर्क, अर्घाखाँची (अर्घाखाँचीडट्कम) । अर्घाखाँची जिल्लामा कांग्रेसको १४ औं महाधिवेशन अन्तर्गत जिल्ला अधिवेशन फरक मोडमा पुगेको छ ।
निवर्तमान सभापति समेत रहेका सभापतीका दावेदार बिष्णुप्रसाद खनाल (मुस्कान)ले उम्मेदवारी फिर्ता गरि केन्द्रिय महाधिवेशनमा उम्मेदारी दर्ता गरेपछि जिल्ला अधिबेशन फरक मोडमा पुगेको हाे ।
मुस्कानले अर्का सभापतिका उम्मेद्वार यादव प्रसाद घिमिरेलाई समर्थन गरेका छन् ।
अब सभापतिको लागि तीनजनामात्र उम्मेदवार भएका छन । महासमिती सदस्य केशब श्रेष्ठ, नेपाल शिक्षक संघका जिल्ला अध्यक्ष यादव घिमिरे र महाधिवेशन प्रतिनिधी ईन्द्रमणी पौडेलले सभापतीको पदमा भिड्दै छन । अब चुनाव कसले आफ्नो हातमा पार्छ भन्न नसकिने बताइएको छ ।
सभापतिकाे उम्मेदवारी फिर्ता गरेका बिष्णु मुस्कानले सहमतिकाे लागि त्याग गरेकाे बताएका छन । “सकेसम्म निर्वाचन नहाेस भन्ने मेराे चाहना हाे ।” मुस्कानले भने “जित्ने निश्चित भएपनि मैले सहमतीकाे लागि त्याग गरेकाे हुँ ।
अब सभापतिको लागि तीनजनामात्र उम्मेदवार भएका छन । महासमिती सदस्य केशब श्रेष्ठ, नेपाल शिक्षक संघका जिल्ला अध्यक्ष यादव घिमिरे र महाधिवेशन प्रतिनिधी ईन्द्रमणी पौडेलले सभापतीको पदमा भिड्दै छन ।अब चुनाव कसले आफ्नो हातमा पार्छ भन्न नसकिने बताइएको छ ।
यस्तै हिजो नै विभिन्न पदको लागि मनोनत दर्ता भएको थियो ।उपसभापति पदमा ४ जना,सचिवमा ४ जना,सहसचिवमा ५ जना,जिल्ला सदस्यमा ५१ जना,केन्द्रिय महाधिवेशन प्रतिनिधिमा ८८ जनाले मनोनन दर्ता गरेका हुन ।