दीपेन्द्र पौडेल | अर्घाखाँचीडट्कम संवाददाता
सन्धिखर्क, अर्घाखाँची (अर्घाखाँचीडट्कम) । अर्घाखाँची जिल्लामा नेपाली कांग्रेसको १४ औं महाधिवेशनको मतदान शुरु भएको छ ।
संभावित पुन: निर्वाचित हुने अनुमान गरिएका कांग्रेस सभापती उम्मेदवार बिष्णुप्रसाद खनाल (मुस्कान)ले आफ्नो उम्मेदवारी फिर्ता घोषणा गरेसँगै कांग्रेसको १४ औं महाधिवेशनको मतदान शुरु भएको हो ।
मुस्कानले अर्का सभापतिका उम्मेद्वार यादव प्रसाद घिमिरेलाई समर्थन गरेका बताइएको छ ।
सभापतिकाे उम्मेदवारी फिर्ता गरेका बिष्णु मुस्कानले सहमतिकाे लागि त्याग गरेकाे बताएका छन । “सकेसम्म निर्वाचन नहाेस भन्ने मेराे चाहना हाे ।” मुस्कानले भने “जित्ने निश्चित भएपनि मैले सहमतीकाे लागि त्याग गरेकाे हुँ ।
अब सभापतिको लागि तीन जना मात्र उम्मेदवार भएका छन । महासमिती सदस्य केशब श्रेष्ठ, नेपाल शिक्षक संघका जिल्ला अध्यक्ष यादव घिमिरे र महाधिवेशन प्रतिनिधी ईन्द्रमणी पौडेलले सभापतीको पदमा भिड्दै छन । अब चुनाव कसले आफ्नो हातमा पार्छ भन्न नसकिने बताइएको छ ।
यस्तै हिजो नै विभिन्न पदको लागि मनोनत दर्ता भएको थियो ।उपसभापति पदमा ४ जना,सचिवमा ४ जना,सहसचिवमा ५ जना,जिल्ला सदस्यमा ५१ जना,केन्द्रिय महाधिवेशन प्रतिनिधिमा ८८ जनाले मनोनन दर्ता गरेका हुन ।