अर्घाखाँचीमा मंसिर ९ र १० गते भारतीय पेन्सन क्याम्प बस्ने


अर्घाखाँचीडट्कम संवाददाता 
सन्धिखर्क, अर्घाखाँची (अर्घाखाँचीडट्कम) । अर्घाखाँची जिल्लाको सन्धिखर्कमा यही मंसिर ९ र १० गते भारतीय पेन्सन क्याम्प बस्ने भएको छ । 
जिल्ला सैनिक बोर्ड अर्घाखाँचीमा यही मंसिर ९ र १० गते (तदनुसार २०२१ नोभेम्बर  २५-२६ ) भारतीय पेन्सन क्याम्प बस्ने भएको हो ।
पेन्सन क्याम्पमा भारतीय भुतपुर्व सैनिक र अन्य पेन्सनरहरुलाई  नयाँ पेन्सरको काम, मरण पट्टाको काम र जिबित प्रमाण पत्र बुझाउने र शेष पछिको हकवालाको लागि बस्ने छ । 
साथै हकवालाको फोटो तथा पेन्सन पट्टा लगायतका कागजात सहित सम्पर्क सकिने बताइएको छ ।