अनिल नेपाली
सिद्धारा, अर्घाखाँची (अर्घाखाँचीडट्कम) । अर्घाखाँची जिल्लाको शितगंगा नगरपालिकामा विप्लब नेतृत्वको नेपाल कम्युनिस्ट पार्टी अर्घाखाँचीले आठौ पार्टी पुनर्गठन दिवसको पुर्व सन्ध्याको अबसरमा आज केन्द्रिय कार्यक्रम अनुसार अतिरिक्त क्रियाकलाप सम्पन्न गरेको छ ।
शितगंगा ११ सिद्धारा सेल कमिटीको आयोजनामा आयोजित अतिरिक्त क्रियाकलाप लाई नेकपाका जिल्ला सदस्य मनु गिरीले सम्बोधन गरेका थिए कार्यक्रमलाई सम्वोधन गदै नेता गिरीले देशलाई परिबर्तन गर्ने जिम्मा युवाहरुको काँधमा आएको युवाहरु एकजुट भई सत्ता परिबर्तनको निम्ति लाग्नुको विकल्प नरहेको बताउदै नेपालमा ससदीय व्यबस्था रहेसम्म युवाहरुले हरेक तहमा जिम्मेबारीको महशुस गर्न नसक्ने बताउदै युवाहरु रुपान्तरणीत व्यबस्था बैज्ञानिक समाजबाद एकीकृत जनक्रान्तिको लक्ष्यमा लामबद्ध हुनुपर्ने बताए ।
भलिबल प्रतियोगितामा प्रथम ः प्रगतिशिल युवा क्लब सिनपा ९ठाडाखोला द्धितियः जनचेतना युवा क्लब गडबा गाँउपालिका वडा न १ रङसीन दाङ तृतीय लालीगुराँस युवा क्लब सिनपा ९ टिमलाई विशेष धन्यवाद दिँदै सम्पूर्ण खेलाडीलाई उत्कृष्ट भविष्यको लागि शुभकामना दिएका थिए । यसै बिच नेकपाले नेपाल कम्युनिस्ट पार्टी अर्घाखाँचीले पार्टी पुनर्गठन दिवसको पुर्व अवसरमा अतिरिक्त क्रियाकलाप सम्पन्न गरेको छ ।
शितगंगा – ६, ७ र १० सेल कमिटीको संयुक्त आयोजनामा अतिरिक्त क्रियाकलाप विद्यालयमा सम्पन्न गरेको नेकपा सेल कमिटी सचिव राजुले जानकारी दिए ।नेकपाको भोलि हुने पार्टी पुनर्गठन दिवसको पुर्व अवसरमा सितगगङ्गा नगरपालिकाको डिही आधारभुत विद्यालयमा भलिबल प्रतियोगिता आयोजना गरेको जानकारी दिएका छन् ।नेकपाका नेता गोपालले कार्यक्रमलाई सम्बोधन गर्दै, प्रथम ः लिपुलेक, द्धितियः अन्नपूर्ण, तृतीय ः धवलागिरी र सान्त्वना ः: सगरमाथा टिमलाई विशेष धन्यवाद दिँदै सम्पूर्ण खेलाडीलाई उत्कृष्ट भविष्यको लागि शुभकामना दिएका थिए । साथै वैज्ञानिक समाजवादी शिक्षामा जोड दिनुपर्ने बताए ।
कार्यक्रममा गडबा गाँउपालिका वडा न १र २, ३ का ईन्चार्ज यज्ञ बहादुर कुमाल युवा विधार्थी लगायतको सहभागिता रहेको थियो ।