भुमिकास्थान नगरपालिकाले स्थानीय पाठ्यक्रम निर्माण गर्दै, ५१ वटा प्रश्नको उत्तरबाट सुझाव लिने अभियानमा


गोपाल प्रसाद भट्टराई 
धनचौर, अर्घाखाँची (अर्घाखाँचीडट्कम) । समुदायमा लोप हुन लागेका भाषा,सस्कृती,ज्ञान र प्रविधिको पुस्तान्तरणको निम्ति स्थानीय पाठ्यक्रमको खाचो रहेको सरोकारवालाले बताएका छन् ।
अर्घाखाँचीको भुमिकास्थान नगरपालिकाले निर्माण गर्न लागेको स्थानीय पाठ्यक्रमको लागि सुझाव दिने सरोकारवालाहरुले यस्तो बताएका हुन् ।
स्थानीय पाठ्यक्रम निर्माणको निम्ति नगरपालिकाले गठन गरेको कार्यदलले नगरपालिकाका १० वटै वडामा सरोकारवालासंग सुझाव संकलन कार्यलाई तिब्र पारेको नगरशिक्षा शाखा प्रमुख तुवलाल सापकोटाले जानकारी दिनुभएको छ । उहाँका अनुसार आज वडा नम्बर १ र २ को विश्व मा.वि.ढाकावाङ,५ र ६ को जनप्रीय मा.वि.असुरकोट र ९ र १० को भगवती मा.वि.डेभामा अन्तरक्रिया गरि सुझाव संकलन गरिएको छ । 
कार्यदलका सदस्य तथा नुवाकोट मा.वि.का प्र.अ.पान बहादुर खत्रीको सहजीकरण र भगवती मा.वि.का प्र.अ.कृष्ण प्रसाद खनालको संचालनमा डेभामा सम्पन्न कार्यक्रममा भुमिकास्थान-९ का वडाध्यक्ष नरायण प्रसाद खनाल,१० का वडा सदस्य जनक गैरे,विभिन्न राजनीतिक दल, शिक्षक, विद्यार्थीका प्रतिनिधि,जन जागृति मा.वि. धनचौरका पि.टि.ए. अध्यक्ष गोपाल प्रसाद भट्टराई लगायतको सहभागीता रहेको थियो । 
स्थानीय पाठ्यक्रम निर्माणको लागि भुमिकास्थान नगरपालिकाले ५१ वटा प्रश्नको उत्तरबाट सुझाव लिने गरि अभियान चलाएको छ ।

अन्य समाचारहरु