अर्घाखाँचीबाट कांग्रेस महाधिवेशन प्रतिनिधी चयन | देउवा पक्षको नराम्रो हार (सम्पूर्ण विजयीको विवरण सहित)


अर्घाखाँचीडट्कम संवाददाता
सन्धिखर्क, अर्घाखाँची (अर्घाखाँचीडट्कम) । नेपाली कांग्रेसको १४औँ महाधिवेशन अन्तर्गत अर्घाखाँची जिल्लामा महाधिवेशन प्रतिनिधी चयन भएका छन् । 
बिहिवार राती १२:३० बजे सम्पन्न मत परिणाम अनुसार अर्घाखाँची जिल्लाबाट १० जना महाधिवेशन प्रतिनिधी चयन भएका हुन् ।
नेपाली कांग्रेसका सभापति तथा प्रधानमन्त्री शेरबहादुर देउवा पक्षले अर्घाखाँची जिल्लामा नराम्रो हार व्यहोर्नुपरेको छ । सभापति सहित अधिकांश महाधिवेशन प्रतिनिधिमा वरिष्ठ नेता पौडेल पक्षका नेताहरू  भारी मत अन्तरले विजयी भएका छन् । खुल्ला महाधिवेशन प्रतिनिधिमा सबैभन्दा बढी मत ल्याउने डाक्टर रामबहादुर बि.सी. भए । यसैगरी दोस्रो स्थानमा निवर्तमान सभापति मुस्कान र तेस्रो स्थान पोख्रेलले प्राप्त गरेका छन् । 
निर्वाचित हुने महाधिवेशन प्रतिनिधिहरु विवरण यस प्रकार छ :-   
 
विजयी महाधिवेशन प्रतिनिधिहरु । ( खुल्ला ) 
१) डा. राम बहादुर बि.सी.=८९७
२) विष्णुप्रसाद खनाल मुस्कान = ८७७
३) लेखनाथ पाेख्रेल=७४९
४) कमल प्रसाद भुसाल =७१७
५) डा.जयबहादुर टण्डन =७०५
६) रेवती प्रसाद भुसाल =६७९
७) डा .चाेपलाल भुसाल =६६०
८) चन्द्रमान श्रेष्ठ =५८१
९) सुर्य प्रसाद अधिकारी =५५०
१०) नन्दराम भट्टराई =४८९
  
महिला खुल्ला 
१) निर्मला क्षेत्री 
२) शान्ता भण्डारी 
३) अनिता ज्ञवाली 
४) छमा कार्की 
खस आर्य 
१) हिम्मत बहादुर टण्डन
२) पिताम्बर खनाल
३ ) श्यामनाथ कास्यप
४) अम्विका पाेख्रेल
५) चन्द्रा गैरे 
जनजाती 
१) डा. मुक्ति श्रेष्ठ 
२) तारा प्रसाद श्रेष्ठ 
३) लक्ष्मी श्रेष्ठ 
दलित 
१ सृजना बिक
मुस्लिम 
१ जम्सेर मिया