अर्घाखाँची र पाल्पाबीच अन्तरजिल्ला सुरक्षा समन्वय बैठक सन्धिखर्कमा सम्पन्न (तस्बिरहरु)


अर्घाखाँचीडट्कम संवाददाता 
सन्धिखर्क, अर्घाखाँची (अर्घाखाँचीडट्कम) । अर्घाखाँची जिल्ला र पाल्पाबीच अन्तरजिल्ला सुरक्षा समन्वय बैठक सम्पन्न भएको छ । 
जिल्ला प्रशासन कार्यालयमा आज बिहिवार अर्घाखाँची र पाल्पा जिल्लाबीच अन्तरजिल्ला सुरक्षा समन्वय बैठक  सम्पन्न भएको हो । 
अर्घाखाँचीका प्रमुख जिल्ला अधिकारी हरि प्रसाद घिमिरेको अध्यक्षतामा बसेको बैठकमा पाल्पाका प्रमुख जिल्ला अधिकारी जगनाथ पन्त, गोरख दलगण पाल्पाका प्रमुख सेनानी जनक कुमार बस्नेत,  जिल्ला प्रहरी कार्यालय, पाल्पाका प्रहरी उपरिक्षक सन्तोष कुमार भट्टराई, ईश्वरी बक्स गुल्म, अर्घाखाँचीका सेनानी आदित्य सिलवाल, जिल्ला प्रहरी कार्यालय, अर्घाखाँचीका प्रहरी नायब उपरिक्षक अमर बहादुर थापा, सशस्त्र प्रहरीबल नं.३६ गुल्म, अर्घाखाँचीका सशस्त्र प्रहरी नायब उपरिक्षक रामकृष्ण महर्जन,  सशस्त्र प्रहरी बल नं. ३५ गुल्म, पाल्पाका सशस्त्र प्रहरी नायब उपरिक्षक अरुण कुमार सिंह, जिल्ला अनुसन्धान कार्यालय अर्घाखाँचीका प्रमुख अनुसन्धान अधिकृत विनय चर्तुवेदी, जिल्ला अनुसन्धान कार्यालय पाल्पाका प्रमुख अनुसन्धान अधिकृत सन्तोष बस्नेत, जिल्ला प्रशासन कार्यालय अर्घाखाँचीका  सहायक प्रमुख जिल्ला अधिकारी विनोद खनाल र प्रशासकिय अधिकृत नुमलाल पन्थीको उपस्थिति रहेको थियो । 
बैठकमा एक अर्को जिल्लाको सुरक्षा सम्बन्धी अवस्थाको बारेमा छलफल हुनुको साथै एक आपसमा सहयोग र समन्वयलाई थप प्रभावकारी बनाउने निर्णय भएको छ ।