रुसी र इरानी विदेश मन्त्रीबीच टेलिफोन-वार्ता

रुसी विदेशमन्त्री सर्गै लाभरोभले हिजो इरानी विदेशमन्त्री मानोचिनर मोटागीसँग टेलिफोन-वार्ता गर्नुभयो। सो अवसरमा श्री लाभरोभले इरानलाई टर्की तथा ब्राजिलसित आणविक इन्धन साटासाटसम्बन्धी सम्झौताबारे सहमति भएकोमा त्यसको स्वागत् गर्नुभयो।

रुसी विदेश मन्त्रालयको वेभसाइटबाट सार्वजनिक गरिएको समाचारअनुसार, श्री लाभरोभ र श्री मोटागीले द्बिपक्षीय सम्बन्ध तथा आणविक इन्धन साटासाट सम्झौतामा हस्ताक्षर भएपछि इरानको आणविक समस्याको स्थितिबारे वैचारिक आदान-प्रदान गर्नुभयो।