अर्घाखाँचीमा भोली हुने एकीकृत समाजवादीको बृहत् भेलाको तयारी पुरा, माधव नेपाल बिहान ९:३० बजे आईपुग्ने


अर्घाखाँचीडट्कम संवाददाता
सन्धिखर्क, अर्घाखाँची (अर्घाखाँचीडट्कम) । अर्घाखाँची जिल्लाको सदरमुकाम सन्धिखर्कमा भोली हुने नेकपा (एकीकृत समाजवादी) ले जिल्ला स्तरिय बृहत् कार्यकर्ता भेला तथा प्रशिक्षण कार्यक्रमको तयारी पुरा भएको छ ।  
सन्धिखर्कको सभागृहमा भोली मंसिर १८ गते शनिवार हुने एकीकृत समाजवादीले जिल्ला स्तरिय कार्यकर्ता भेला तथा प्रशिक्षण कार्यक्रममा प्रमुख अथिती पार्टी अध्यक्ष एवम् पुर्व-प्रधानमन्त्री माधव कुमार नेपाल आउने भएका छन् ।
एकीकृत समाजवादीका जिल्ला अध्यक्ष राम बहादुर चौहानले दिएको जानकारी अनुसार कार्यक्रमलाई पार्टीका केद्रिय उपमहासचिव डाक्टर विजय पौडल, लुम्बिनी प्रदेश इन्चार्ज भागवत विश्वासी, लुम्बिनी प्रदेश अध्यक्ष मेटमणी चौधरी लगायतका नेताले सम्बोधन गर्ने छन् ।
साथै जिल्लाभरबाट २५ सय कार्यकताको उपस्थिति हुने बताइएको छ । माधव नेपाल भोली बिहान ९:३० बजे जिल्ला प्रबेश गर्ने कार्यक्रम छ । प्रबेशद्वारमा शितगंगा नगर कमिटीले स्वागत गर्ने छ र नगर भरि शितगंगा युवा संघ नेपालले स्कटिङ गर्ने कार्यक्रम रहेको छ । साथै ठाडाबाट सन्धिखर्क लागेपछि युवा सघं नेपाल जिल्ला कमिटीले स्वागत सहित स्कटिङ गरि ११:३० बजे सभागृह प्रबेश गरि कार्यकता भेला शुरु हुने कार्यक्रम रहेको छ ।  
यस्तै एकीकृत समाजवादीले अर्घाखाचीका ६ वटै पालिकामा कमिटी गठन गरेको छ । 
एमालेबाट टुक्रिएर नयाँ पार्टी गठन भएपछि एकीकृत समाजवादीले पहिलो पटक अर्घाखाँचीमा ठुलो सभाको आयोजना गर्ने भएको छ ।