अर्घाखाँचीमा ४० वटा सिडियोसँग काम गरेका कृष्ण आचार्यले ३९ वर्ष सेवारतपछि अवकाश लिए (फोटोहरु)
मंसिर १७ गते, २०७८ मा प्रकाशित
रुद्रमणी भुसाल | अर्घाखाँचीडट्कम संवाददाता
सन्धिखर्क, अर्घाखाँची (अर्घाखाँचीडट्कम) । अर्घाखाँची जिल्ला प्रशासन कार्यालयमा ३९ वर्षसम्म सेवारत भएर सेवा निवृत्त नायव सुब्बा कृष्ण प्रसाद आचार्यलाई एक कार्यक्रमका बीच सम्मान सहित विदाई गरिएको छ ।
कार्यक्रममा मन्तव्य राख्दै प्रमुख जिल्ला अधिकारी हरी प्रसाद घिमिरेले कृष्ण प्रसाद आचार्यको सेवा निवृत्तले एउटा कुशल कर्मचारीको अभाव रहने बताउँदै उँहाको ज्ञान र सीपलाई अन्य कर्मचारीले अनुसरण गर्नुपर्ने बताउनुभयो ।
जिल्ला प्रशासन कार्यालय अर्घाखाँचीमा वि. सं. २०३९ सालदेखि कार्यरत आचार्यले अहिलेसम्म जिल्लामा ४० वटा सिडियोसँग काम गरिसक्नुभएको छ ।
सेवानिवृत्त भई अवकास प्राप्त आचार्यलाई दोसल्ला ओढाई करुवा प्रदान गरीे सम्मान सहित विदाई गरिएको हो । सेवानिवृत्तपछि अवकास हुनुभएका आचार्यमा हरेक प्रकारका सेवा लिन आउने सेवाग्राहीमा देखिएका समस्याहरुलाई सजिलैसँग समाधान गर्न सक्ने, सरलस्वभाव र काममा छिटो छरितो सेवा प्रभाव गर्ने क्षमता रहेको थियो ।
नायव सुब्बा कृष्ण प्रसाद आचार्य बिदाई मनतब्य राख्दै जिल्ला प्रशासनमाआइ पर्ने जस्तो सुकैकाम परेपनि आफनो आवश्यकता महसुश भए जहिले पनि सहयो गर्न तयार रहेको बताउनु भयो । आफनै जिल्लाको प्रशासनमा बसेरकाम गर्न पाउदा जिल्लाा नागरिकसगं चिनजानसर्गै कामका बारेमा धेरैकुराको अनुभब लिनपाएकको बताउनु भयो ।
कार्यक्रममा जिल्ला कारागार प्रमुख उमानाथ पन्थी, प्रशासनमा कार्यरत सम्पुर्ण कर्मचारीहरु लगायतले मन्तव्य राखेका थिए । कार्यक्रमको सञ्चालन सहायक प्रमुख जिल्ला अधिकारी विनोद खनालले गर्नुभएको थियो ।
यो पनि हेर्नुस् ( Note: Arghakhanchi.Com is not responsible for the content of external websites/ Video)