खाँचीकोटको फुदवाङका किरण र दिपाको सराहनीय काम, आशा मारेको १८ हजार फेला पारेपछि खुशी पार्वता


अर्घाखाँचीडट्कम संवाददाता 
सन्धिखर्क, अर्घाखाँची (अर्घाखाँचीडट्कम) । के तपाईँले कहिल्यै पैसा हराउनुभएको छ यदि हराएको भए के गर्नुहुन्छ  पक्कै पनि तपाईँमा त्यो रकम पाइएला भनेर कमै आशा हुनेछ ।
तर सन्धिखर्क नगरपालिका वार्ड नम्बर ११ डिभर्नाको जोगिमारेकी पार्वता भुसाल आफ्नो हराएको १८ हजार ४ सय १५  रुपैँया केही घण्टामा फेला पारेपछि खुशी भएकी छिन् । 
जिल्लाको सन्धिखर्क नगरपालिका वार्ड नम्बर ७ खाँचीकोटको फुदवाङका किरण खत्री र दिपा सारुले आईतवार फेला पारेको उक्त नगद पैसा सामाग्री पार्वतालाई फिर्ता गरेका छन् । किरण र दिपाको ईमन्दारी र सराहनीय कामको सबैले प्रशंसा गरेका छन् ।   
साथै  आशा मारेको पैसा फेला पारेर दिने   किरण र दिपालाई पार्वताले हृदयदेखि धन्यवाद दिएकी छिन् । 
   
पार्वताले बाटोमा हिडदै गरेको अवस्थामा दिउसो १:३० बजे सन्धिखर्क नेपाल बैंक लिमिटेड नजिकै उक्त रकम सहित पर्स खसालेकी थिईन् । सोही समयमा किरण र दिपाले कालो पर्स बाटोमा देखेपछि टिप्दा पैसा भेटिएका थिए । फेला पारेको उक्त पर्स, पैसा स्थानिय रेडियो देउरालीको कार्यालयमा छोडेका थिए ।
पार्वता भुसाल सम्पर्कमा आएर पैसा र पर्स दावी गरेपछि सोधपुछ आधारमा पत्रकार प्रेमनारायण आचार्य र लक्ष्मण घिमिरेले हस्तान्तरण गरेका थिए ।  
फोटो: प्रेमनारायण आचार्य / लक्ष्मण घिमिरे फेसबूक