रिसव आचार्य
सन्धिखर्क, अर्घाखाँची । अखिल छैठौं अर्घाखाँची संगठन बिस्तारलाई तिब्र गतिमा अघि बढाएको छ ।”बिधालय देखि विश्वबिधालय सम्म ” अभियान अन्तरगत हिजो १९ गते आईतवार ३ वटा ईकाइ कमिटी गठन गरिको जिल्ला अध्यक्ष जिवन नेपालीले जानकारी दिनुभएको छ ।
जसमध्ये भुमिकास्थान नपा ३ स्थित रहेको अन्नपूर्ण मा वि मा अनिल घर्ती को अध्यक्षता मा १५ सदस्यीय ईकाई कमिटी गठन गरेको छ जसको उपाध्यक्ष मा सुस्मा पाण्डे , सचिव एमना पाण्डे ,सहसचिव अशोक पौडेल ,कोषाध्यक्ष मन्जु पोख्रेल सहित १५ सदस्य रहेको ईकाई कमिटी गठन गरेको छ।
त्यस्तै ,भुमिकास्थान न पा ४ स्थित शान्ति मा वि मा पनि १३ सदस्य ईकाई कमिटी गठन गरेको छ ।जसको अध्यक्ष मा भोजराज खनाल ,उपाध्यक्षमा अन्जलि बि क ,सचिवमा चेरि आले ,सह सचिवमा विश्व घ म ,कोषाध्यक्षमा मुस्कान आले लगायत १३ सदस्य चयन हुनुभएको छ ।
त्यस्तै , सन्धिखर्क न पा २ शंखेटारि स्थित भगवती मा वि मा पनि ११ सदस्यीय कमिटी गठन गरेको छ जसको अध्यक्षमा ममता जि सि , उपाध्यक्ष तेसर श्रेष्ठ ,सचिव लजु चौधरी , सह सचिव दामोदर खनाल , कोषाध्यक्षमा मनिषा नेपाली लगायत ११ सदस्यीय कमिटी गठन गरेको छ ।
३ वटै कार्यक्रम लाई सम्बोधन गर्दै अखिल छैठौं का केन्द्रीय सदस्य तथा जिल्ला अध्यक्ष जिवन नेपाली ले बिद्यार्थी हरुको हक अधिकार प्राप्ति को निम्ति , शैक्षिक बिकृतिको बिरुद्ध , राष्ट्र घाति कदम का बिरुद्ध बिद्यार्थी र जनताका बिचमै रहेर संघर्ष र आन्दोलन गर्ने संगठन अखिल छैठौं मात्रै रहेको उहाँ बताउनु भएको थियो ।नेपालीले त्यसैले सम्पूर्ण बिद्यार्थीहरु अखिल छैठौं मा आबद्द भएर बिद्यार्थी आन्दोलनलाई सहयोग गर्न समेत अपिल गर्नु भएको थियो ।
कार्यक्रममा अखिल छैठौं का जिल्ला उपाध्यक्ष प्रकाश चुदाली, सचिव लक्ष्मी बन्जाडे कोषाध्यक्ष गिता थापा , सदस्य विशाल जिएम लगायत को उपस्थिति रहेको थियो ।
मंसिर १५ देखि १९ गते सम्म अखिल छैठौं अर्घाखाँची ले ५ वटा बिद्धालयमा कमिटी गठन गरिसकेको अध्यक्ष नेपाली ले बताउनु भएको छ ।