अर्घाखाँचीमा अपाङ्ग व्यक्तिलाई सार्वजनिक यातायातमा यात्रा गर्दा ५०% छुट दिनु पर्ने माग


अर्घाखाँचीडट्कम संवाददाता 
सन्धिखर्क, अर्घाखाँची (अर्घाखाँचीडट्कम) । अर्घाखाँची जिल्लाको सन्धिखर्कमा शृजनशिल अपाङ्गता सरोकार केन्द्रले अपांगता भएका व्यक्तिलाई सवारी साधनमा सहुलियतको लागि यातायात व्यवसायीलाई नियमावली हस्तान्तरण  तथा ध्यानाकर्षण गराएको छ । 
 शृजनशिल अपाङ्गता सरोकार केन्द्रले  आज जिल्ला  प्रशासन  कार्यलयमा सरोकारवालासँग भएको समिक्षा र बैठकपछि   राज्यले अपाङ्गता भएका ब्यक्तिहरुलाई सार्बजनिक  यातायातमा यात्रा गर्दा सहुलियत नपाएको भन्दै ध्यानाकर्षण गराएको हो । 
शृजनशिल अपाङ्गता सरोकार केन्द्रले सपाङ ब्यक्ति सरह अपाङ्गता भएका ब्यक्तिहरुलाई  पनि  मनपरी रुपमा भाडा असुल गर्ने गरेको र यात्रामा कठिनाई  हुने गरेको व्यापक गुनासो र चासोको बिच 
अपाङ्गता भएका व्यक्तिहरुको हक र हितका लागि २०५२/०५३ सालदेखि नै सक्रिय  रुपमा  कार्य- गर्दै आएको  शिर्जनशिल  अपाङ्गता सरोकार केन्द्रको तर्फबाट सो सस्थाका अध्यक्ष, प्रदेस सद्स्य तथा सामाजिक  ब्यक्तित्व  फर्सुराम पान्डेले  यातायात  व्यवसायीहरुका प्रतिनिधिलाई एक कार्यक्रमका बिच सस्थाको बिनियामावली र प्रशासन  कार्यलय बिच भएको बैठक ,  समझदारी र  निर्णयलाई  जानकारी दिन  सो  कार्यक्रमको आयोजना गरेको थियो ।  सस्थाका अध्यक्ष पाण्डेले  यातायात  ब्यबसायीलाइ  सो नियमावली, ध्यानाकर्षण गराउदै गम्भिर भएर सो ब्यबस्था तत्काल लागु गराउन यातायात ब्यबसायी र सो मातहतका प्रतिनिधी मार्फत सो नियावली हस्तान्तरण गरेका थिए।   
उक्त कार्यक्रममा अपांग ब्यक्तिहरुलाई सार्वजनिक यातायातमा यात्रा गर्दा ५०% छूट गरि सर्ब सुलभ र सहज यात्रा गर्न सजिलो बनाउनु पर्नेमा   मुख्य जोड रहेको छ।