अर्घाखाँची कोरोना मुक्त हुँदै | भूमिकास्थान र मालारानी बाहेक सबै स्थानिय तह कोरोना मुक्त ( सम्पूर्ण विवरण सहित)


अर्घाखाँचीडट्कम संवाददाता 
ठाडा, अर्घाखाँची (अर्घाखाँचीडट्कम) । अर्घाखाँची जिल्लाको सन्धिखर्क, शितगंगा नगरपालिका तथा पाणिनी   र छत्रदेव गाउँपालिकामा कोरोना मुक्त भएका छन् । यि पालिकामा आज सक्रिय कोरोना संक्रमितको संख्या सुन्य रहेको छ । 
साथै अर्घाखाँचीडट्कमको दैनिक उप्डेट विवरण अनुसार गत वर्षदेखि आजसम्म संक्रमितको संख्या सन्धिखर्क नगरपालिकामा १९७२  जना,  शितगंगा नगरपालिकामा ४४४ जना, पाणिनी गाउँपालिकामा ४४८ जना  र छत्रदेव गाउँपालिकामा ३०१   जना संक्रमित रहेको थियो ।    
यस्तै यस नगरपालिकामा शुरुदेखि आजसम्म  सन्धिखर्क नगरपालिकामा १९४२  जना,  शितगंगा नगरपालिकामा ४३०  जना,     पाणिनी गाउँपालिकामा ४३७  जना   र छत्रदेव गाउँपालिकामा २९७  जनाले कोरोनालाई जितेका छन् ।
यस्तै काेराेना संक्रमणका कारण जिल्लामा गतवर्षदेखि हालसम्म सन्धिखर्क नगरपालिकामा ३०  जना,  शितगंगा नगरपालिकामा १ जना आत्महत्या सहित १४,  पाणिनी गाउँपालिकामा ११   र छत्रदेव गाउँपालिकामा ४ जनाको ज्यान गएको छ ।
बुधवारको कोरोना विवरण यस्तो छ:
जिल्लामा आजसम्म सक्रिय कोरोना संक्रमितको संख्या ४  जना पुगेको छ । जसमा सन्धिखर्क नगरपालिकामा ०  जना, भूमिकास्थान नगरपालिकामा ३  जना,  शितगंगा नगरपालिकामा ० जना,  मालारानी गाउँपालिकामा १,  पाणिनी गाउँपालिकामा ०   र छत्रदेव गाउँपालिकामा ०  जना संक्रमित रहेका छन् । 
जिल्लामा गत वर्षदेखि आजसम्म संक्रमितको संख्या ४४८८ जना पुगेको छ । जसमा सन्धिखर्क नगरपालिकामा १९७२  जना, भूमिकास्थान नगरपालिकामा ७६१ जना,     शितगंगा नगरपालिकामा ४४४ जना,       मालारानी गाउँपालिकामा ५६२ जना,  पाणिनी गाउँपालिकामा ४४८ जना  र छत्रदेव गाउँपालिकामा ३०१   जना संक्रमित रहेका छन् ।   
साथै पछिल्लो २४ घण्टामा जिल्लाभर ४ जनाले कोरोना जितेका छन् । जिल्लामा गत वर्षदेखि आजसम्म  ४३९४ जनाले कोरोना जितेका छन् ।  जसमा सन्धिखर्क नगरपालिकामा १९४२  जना, भूमिकास्थान नगरपालिकामा ७४२  जना,  शितगंगा नगरपालिकामा ४३०  जना,   मालारानी गाउँपालिकामा ५४६ जना,    पाणिनी गाउँपालिकामा ४३७  जना   र छत्रदेव गाउँपालिकामा २९७  जनाले कोरोनालाई जितेका हुन् ।
यस्तै जिल्ला प्रशासन कार्यालयका अनुसार काेराेना संक्रमणका कारण जिल्लामा गतवर्षदेखि हालसम्म ९० जनाको ज्यान गएको छ । जसमा सन्धिखर्क नगरपालिकामा ३०  जना, भूमिकास्थान नगरपालिकामा १६, शितगंगा नगरपालिकामा १ जना आत्महत्या सहित १४, मालारानी गाउँपालिकामा १५, पाणिनी गाउँपालिकामा ११   र छत्रदेव गाउँपालिकामा ४ जना रहेका छन् ।