गणेश खनाल
अर्घा, अर्घाखाँची (अर्घाखाँचीडट्कम) । अर्घाखाँची हर्निया विग्रिएर अस्वभाविक रुपमा भुडी बढेका अर्घाखाँची जिल्ला सन्धिखर्क नगरपालीका वार्ड नम्बर ९ अर्घाको नौलापानीका ४९ बर्षिय श्यामलाल नेपालीलाई अर्घाखाँचीबाट अष्ट अष्ट्रेलियामा बस्दै आएकाहरुले आर्थिक सहयोग उपलव्ध गराएका हुन् ।
पुर्व गाविस अध्यक्ष रामबहादुर रायमाझी,वाडनम्वर ९ का अध्यक्ष देविबहादुर रायमाझी र समाजका प्रतिनिधी नारायण रायमाझीले सयुत्त रुपमा नेपालीको घरमै पुगेर सहयोग हस्तारण गरिएको हो ।
अष्ट्रेलियामा रहनुभएका गिता रायमाझी, माधव जिसीको सक्रियतामा १ लाखँ ९५ हजार ५ सय रुपैया संकलन गरि नेपालीको उपचारको लागी जिल्लामा पठाईएको हो । हस्तारण कार्यक्रममा समाजसेवीहरु मेघबहादुर कार्की, तुल्सी रायमाझी,नारायण खत्री,वाड सचिव गगन आचार्य लगाएतको उपस्थिती रहेको थियो ।