सन्धिखर्कमा लैङगिक हिंसा विरुद्धको १६ दिने अभियान समापन कार्यक्रम सम्पन्न


अर्घाखाँचीडट्कम संवाददाता 
सन्धिखर्क, अर्घाखाँची (अर्घाखाँचीडट्कम) । अर्घाखाँची जिल्लाको सन्धिखर्कमा लैङगिक हिंसा विरुद्धको १६ दिने अभियान समापन कार्यक्रम सम्पन्न भएको छ । 
जिल्ला प्रहरी कार्यालय अर्घाखाँची र सन्धिखर्क नगरपालिका कार्यालय अर्घाखाँचीको संयुक्त आयोजनामा आज शुक्रवार सन्धिखर्क नगरपालिकाको सभाहलमा लैङगिक हिंसा विरुद्धको १६ दिने अभियान समापन कार्यक्रम सम्पन्न भएको हो । 
कार्यक्रम सन्धिखर्क नगरपालिकाका उप-मेयर ठाकुर वि.क.को प्रमुख आतिथ्यता र  प्रमुख जिल्ला अधिकारी हरि प्रसाद घिमिरे साथै जिल्ला प्रहरी कार्यालय अर्घाखाँचीका कार्यालय प्रमुख प्रहरी नायव उपरीक्षक अमर बहादुर थापा क्षेत्रीको विशेष आतिथ्यतामा समापन भएको थियो । 
लैङ्गिक हिंसा बिरुद्ध १६ दिने अभियानमा ‍भए गरेका कार्यक्रमको समीक्षा गर्नुका साथै विध्यमान लैङ्गिक हिंसाको न्युनीकरणको चुनौति र यसबाट आईपर्ने समस्याको समाधान गर्ने तर्फ सबै ध्यान जानु पर्नेमा जोड दिदै उक्त उक्त कार्यक्रम समापन भएको छ ।