अशोक खनाल
सन्धिखर्क, अर्घाखाँची (अर्घाखाँचीडट्कम) । अर्घाखाँची जिल्लाको सन्धिखर्कमा रहेको गौरीशंकर ईङ्गलिस बोडिङ्ग स्कुलका छात्रछात्रालाई नेपाली सेनाले जुनियर तालिमको शुरुवात गरेको छ ।
सेनाको राष्ट्रिय सेवा दलले १९ गतेबाट गौरीशंकर स्कुलका विद्यार्थीहरुलाई तालिम दिन थालेको हो ।
राष्ट्रिय सेवा दलद्धारा एनसिसि तालिम योजना अनुसार ४७ औं एनसिसि जुनियर डिभिजन तालिम प्रत्येक दिनको बिहान र बेलुका १/१ घण्टा नियमित रुपमा संचालन हुदै आईरहेको छ ।
तालिममा १८ छात्र र १८ छात्रा गरी ३६ विद्यार्थीहरु नियमित सहभागि हुँदै आएका छन् ।
झण्डै एक साताअघि प्रमुख जिल्ला अधिकारी हरि प्रसाद घिमिरेको प्रमुख आतिथ्यतामा, सुरक्षा निकायका प्रमुखहरु सहित विद्यालयका शिक्षकहरुको उपस्थितिमा तालिम शुभारम्भ गरिएको हो ।