अर्घाखाँचीडट्कम संवाददाता
सन्धिखर्क, अर्घाखाँची (अर्घाखाँचीडट्कम) । अर्घाखाँची जिल्लाको सन्धिखर्कमा प्रहरीले स्त्री जातका बाख्रा लोड गरी अबैध रुपमा लैँजादै गरेको अवस्थामा पक्राउ गरेको छ ।
सन्धिखर्कको पाणिनी चोकबाट स्त्री जातका ७ वटा बाख्रा लोड गरी अबैध रुपमा लैँजादै गरेको अवस्थामा लु १ ख ६१४२ नम्बरको बसलाई प्रहरीले नियन्त्रणमा ल्याएको हो ।
जिल्ला प्रहरी कार्यालय अर्घाखाँचीबाट खटिइएको प्रहरी टोलीले बाख्रा सहितको गाडीलाई नियन्त्रणमा लिई आवश्यक कारवाहीको लागि पठाएकोमा सन्धिखर्क नगरपालिकाको कार्यालयले १० हजार ५ पाँच सय जरिवाना गरेको छ ।
सन्धिखर्कमा तथा जिल्लाबाहिर बोका खसी भन्दै स्त्री बाख्रा काटेर बेच्न गरेको बताइन्छ ।