अर्घाखाँचीडट्कम संवाददाता
काठमाडौ (अर्घाखाँचीडट्कम) । नेपाली कांग्रेस निकट तरुणदल अर्घाखाँची- काठमाडौ सम्पर्क समितिको आयोजनामा भेटघाट कार्यक्रम सम्पन्न भएको छ ।
काठमाडौंमा कांग्रेसको १४ औं महाधिवेशनमा अर्घाखाँचीबाट आएका नेता तथा कार्यक्रताहरुसँग तरुणदल अर्घाखाँची- काठमाडौ सम्पर्क समितिको आयोजनामा भेटघाट कार्यक्रम सम्पन्न भएको हो ।
कार्यक्रममा १४ औं महाधिवेशनमा उठेकाका प्रतिनिधिहरुको उपस्थिती रहेको थियो । वर्तमान केन्द्रीय सदस्य समेत रहेका पूर्बमन्त्री मानबहादुर विक र संघीय सांसदकी सचेतक पुस्पा भुसालले सहमहामन्त्रीमा उम्मेद्वारी दिएका छन् ।
साथै नेपाली कांग्रेसका पूर्वकेन्द्रीय सदस्य तथा पूर्वमन्त्री रेवती प्रसाद भुसाल, नेपाली कांग्रेसका पूर्व जिल्ला सभापति तथा सन्धिखर्क नगरपालिकाका नगर प्रमुख कमल प्रसाद भुसाल, नेपाली कांग्रेसका नेता तथा छत्रदेव गाउँपालिकाका अध्यक्ष लेखनाथ पोख्रेल, कांग्रेस नेताहरु डाक्टर रामबहादुर बिसी, जय बहादुर टण्डन र हिम्मत टण्डन र डाक्टर मुक्ति श्रेष्ठले केन्द्रीय सदस्यमा उम्मेद्वारी दिएका छन्।