अर्घाखाँचीडट्कम संवाददाता
सन्धिखर्क, अर्घाखाँची (अर्घाखाँचीडट्कम) । अर्घाखाँची जिल्लाको सन्धिखर्कमा वैज्ञानिक वन व्यवस्थापन उपभोक्ता समितिको भेला सम्पन्न भएको छ ।
वैज्ञानिक वन व्यवस्थापन त्यसको सरक्षण गर्ने उदेश्यले महासंघको गठन गरिएको हो कार्यक्रममा डिभिजन बन अधिकृत ईश्वरीप्रसाद पौडेलको प्रमुख उपस्थितिमा सम्पन्न भएको थियोे ।
कार्यक्रममा सहायक वन अधिकृत मोहन गजुरेल मरिच लामा लगाएको अतिथ्यतामा भएको भेलाले सुर्य बहादुर घर्तिको अध्यक्षतामा नयाँ जिल्ला कार्यसमिति चयन गरेको छ । यस्तै उपाध्यक्ष फर्स बहादुर श्रेष्ठ, महासचिव देबेन्द्र ढुङ्गाना, सचिब पबित्रा पल्ली, कोषाध्यक्ष पबित्रा राना र सदस्यहरु – कुसुम गैरे शेर बहादुर थापा राजेश गैरे कृष्ण बहादुर पुन सदस्य – धुर्ब राज पन्थी गुणानिधि भुसाल अनुपा पन्थी चयन भएका छन् ।