खनदहमा मालारानी गाउँपालिकाकाे नवनिर्मित भवन उद्घाटन कार्यक्रम सम्पन्न (फोटो फिचर)


अर्घाखाँचीडट्कम संवाददाता 
खनदह, अर्घाखाँची (अर्घाखाँचीडट्कम) । अर्घाखाँची जिल्लाको खनदहमा मालारानी गाउँपालिकाकाे कार्यालय, जडीबुटी संकलन केन्द्र र नागरिक आराेग्य सेवा केन्द्रकाे उद्घाटन र भागिरथी स्मृति प्रतिष्ठानकाे शिलान्यास कार्यक्रम सम्पन्न भएको छ । 
खनदहमा आज मंगलवार मालारानी गाउँपालिकाकाे प्रशासकीय भवन, जडीबुटी संकलन केन्द्र र नागरिक आराेग्य सेवा केन्द्रकाे उद्घाटन र भागिरथी स्मृति प्रतिष्ठानकाे शिलान्यास कार्यक्रम सम्पन्न भएको हो । 
लुम्बिनी प्रदेश सांसदका चेतनारायण आचार्यले एक कार्यक्रमका बीच गाउँपालिकाकाे नयाँ भवन, जडीबुटी संकलन केन्द्र र नागरिक आराेग्य सेवा केन्द्रकाे उद्घाटन र भागिरथी स्मृति प्रतिष्ठानकाे शिलान्यास गरेका थिए । 
 प्रदेश सभा सदस्य चेतनारायण आचार्यको प्रमुख आतिथ्यतामा सम्पन्न कार्यक्रममा धुर्कोट गाउँपालिकाका अध्यक्ष भुपाल पोख्रेल  सन्धिखर्क नगरपालिकाका नगरउपप्रमुख ठाकुर कुमार बिक प्रमुख जिल्ला अधिकारी हरि प्रसाद घिमिरे तथा जिल्ला स्थित शुरक्षा निकायका प्रमुखहरु  मालारानी गाउँपालिका उपाध्यक्ष प्रमिला क्षेत्री , आर्युबेद स्वास्थ केन्द्रका प्रमुख डा. अर्चना शुक्ला वडा अध्यक्षहरु कार्यपालिकाका सदस्यहरु राजनैतिक दलका प्रमुख तथा प्रतिनिधिहरु विभिन्न संघ संस्थाका प्रमुख तथा प्रतिनिधिहरुको उपस्थित रहेको थियोे ।
कार्यक्रममा जग्गा दाता तथा प्राबिधिकहरुलाई सम्मान समेत गरिएको छ। गाउँपालिका अध्यक्ष बालकृष्ण शर्मा आचार्यको अध्यक्षतामा सम्पन्न कार्यक्रमको स्वागत मन्तव्य र प्राबिधिक हरिषचन्द्र पान्डेको संचालनमा भएको थियो ।