अर्घाखाँचीडट्कम संवाददाता
खाँचीकोट, अर्घाखाँची (अर्घाखाँचीडट्कम) । अर्घाखाँची जिल्लाको सन्धिखर्क नगरपालिका वार्ड नं. ७ खाँचीकोट र नरपानीका चुनढुंगा खानीमा संचालित ५० टिप्परका चालक तथा सह- चालकहरुलाई प्रहरीले प्रशिक्षण दिएको छ ।
खाँचीकोट र नरपानीका खानीबाट जिल्ला बाहिर चुनढुंगा ओसार्ने ५० टिप्परका चालक तथा सह- चालकहरुलाई ट्राफिक प्रहरीले मंगलवार प्रशिक्षण दिएको हो ।
ट्राफिक प्रहरीले उनिहरुलाई खाँचीकोट र नरपानीका चुनढुंगा खानीमा गएर सवारी साधन चलाउदा ध्यानदिनु पर्ने कुराहरु, सडकमा सवारी साधनहरुलाई साईड दिदा पालना गर्नु पर्ने नियम तथा अपनाउनु पर्ने सावधानी, अन्य सवारी साधनलाई प्राथमिकता दिनुपर्ने, सवारी दुर्घटना हुनुको मुख्य कारण, ट्राफिक नियम लगायतका बारेमा प्रशिक्षण दिएको छ । प्रशिक्षण प्र.ना.नि प्रविण आचार्यले दिएका थिए ।
उता गत मंसिर २० गते सोमवार खाँचीकोटमा भैइरहेको चुनढुंगा उत्खनन विरुद्ध सर्वोच्च अदालतले कारण देखाउ आदेश जारी गरेको छ । खाँचीकोटमा भैइरहेको चुनढुंगा उत्खनन विरुद्ध सर्वोच्च अदालतले सन्धिखर्क नगरपालिका, शितगंगा नगरपालिका, पाणिनी गाउँपालिका, भुगर्भ तथा खानी विभाग, वन तथा वातावरण मन्त्रालयसहित विपक्षीका नाममा कारण देखाउ आदेश जारी गरेको थियो । सर्बोच्चमा बिष्णु थापाले रिट दायरा गरेका थिए। भने अर्को सुनवाई आगामी पुस २२ गते हुने भएको छ।