नरपानीमा अवैध रूपमा कवाड टायर लैजाँदै गरेको ट्रक प्रहरी नियन्त्रणमा


अर्घाखाँचीडट्कम संवाददाता 
नरपानी, अर्घाखाँची (अर्घाखाँचीडट्कम) । अर्घाखाँची जिल्लाको सन्धिखर्क नगरपालिका वडा नं. ६ नरपानीमा अवैध रूपमा कवाड (टायर) लैजाँदै गरेको ट्रकलाई प्रहरीले नियन्त्रणमा लिएको छ । 
नरपानीमा मंगलवार अवैध रूपमा कवाड (टायर) लैजाँदै गरेको लु २ ख ३३१० नम्बरको ट्रकलाई प्रहरीले नियन्त्रणमा लिएको हो । 
साथै प्रहरी चौकी नरपानीबाट खटिएको प्रहरी टोलीले फेला पारी उक्त ट्रकलाई नियन्त्रणमा लिई आवश्यक कारवाहीको आज सन्धिखर्क नगरपालिकाको कार्यालय पठाइएकोमा रु.२०,०००।– (बिस हजार ) जरिवाना भएको प्रहरीले बताएको छ । 

अन्य समाचारहरु