अर्घाखाँची अस्पताल उस्तै, विरामीलाई डाक्टर, नर्सबाट धम्की | सबै विरामी निजी क्लिनिकमा जान वाध्य


अर्घाखाँचीडट्कम संवाददाता 
सन्धिखर्क, अर्घाखाँची (अर्घाखाँचीडट्कम) । अर्घाखाँची जिल्ला अस्पतालको स्तरोन्नती वढ्दै गए पनि स्तरोन्नती अनुरुप सेवा फेरिन अझै सकेको छैन् ।
वि.सं २०४५ सालमा निर्माण भएको अर्घाखाँची अस्पतालमा अहिलेसम्म सामान्य बिरामी हुँदा समेत अन्यत्रै जानुपर्ने बाध्यता जिल्लावासीमा छ ।
यहाँका डाक्टरहरु प्राय निजी क्लिनिकमै व्यस्त देखिन्छन् । अस्पतालमा उपचार गराउन आउने बिरामीले खर्च र सास्ती दुवै खेप्नु परेको छ। जिल्लाबासी भन्छन्; “अस्पतालको रुप मात्रै फेरेर के गर्ने सेवा उस्तै छ भने जतिवेला विरामीलाई डाक्टरको आवश्यक पर्छ । त्यो बेला डाक्टर नै हुँदैनन । डाक्टर खै ! भन्दा डाक्टर साप बाहिर हुनुहुन्छ भन्छन् । सरकारी अस्पतालको उपचारका निजि मेडिकलको औषधी खानु पर्ने वाध्यता छ ।”
यस्तै सामाजिक अभियान्ता गोमा सापकोटा रेग्मीले आफुले जिल्ला अस्पतालबाट उपचार नगरि फर्कन वाध्य भएकी बताएकी छिन् । भने उनलाई डा. आयुस र संगिता नाम गरेकी नर्सले धम्की दिएका छन् । उनी भन्छिन्; “गत मंसिर २९ गते बुधवार रातिको ८ बजे शरिरमा अलि बढि नै समस्या आएपछि जिल्ला अस्पतालको ईमर्जेन्सीमा गएको थिए, मेरो स्वास्थ्य समस्या राखे, वार्डमा पठाए, कोही भेटिएनन्, ३ पटक ईमर्जेन्सी र वार्डमा जाँदा डेलिभरी कक्षको बाहिर २० मिनेट प्रतीक्षा गरेपछि नर्ससँग आफ्नो समस्या राखे, नर्सले ईमर्जेन्सीमा जानुस् डाक्टरले दवाई लेखिदिनुहुन्छ, अनी भोली आउनुहोला भन्नु भयो, अनि ईमर्जेन्सी आए– तर उनिहरुले तपाईं यहाँ ईमर्जेन्सीमा आउने होइन, किन आएको ? ईमर्जेन्सीको अर्थ थाहा छ ? यो तपाईको ईमर्जेन्सीमा आउने समय हो भनेर झगडा गर्न थाल्नुभो अनि म झगडा गर्न किन आएको होइेन उपचार खोज्न आएको हो भनेर भन्दा बारम्बार ईमर्जेन्सीको अर्थ बताउनुस भन्नुभो अनि म नपढेको मान्छे डाक्टरलाई पो थाहा हुन्छ अर्थ भनेर बिना उपचार फर्किए । डा. आयुस र संगिता नाम गरेकी नर्सले  धम्काए । 
१० महिनाको बच्चा घरमा छोडेर उपचार खोज्न गएकी थिए, जिल्ला अस्पतालमा उपचार पाईन, छाया  पोलिकिल्निकमा आएर चेक गरे दवाई दिनुभयो, भएन भने भोली इन्जेक्सन लगाउनुपर्छ भनेर सल्लाह दिनुभयो, उनी भन्छिन् । साथै विरामी गोमाले जिल्ला अस्पताल प्रमुखलाई आईतवार उजुरी दिन जाने बताईएकी छिन् ।
जिल्ला अस्पताल अर्घाखाँचीमा आउने गोमा त एक मात्र पात्र हुन् । यहाँ आउने प्राय विरामीहरुले निजी क्लिनिकमा गएर महँगो पैसा खर्च गरेर उपचार गर्न वाध्य छन् । यस अस्पतालका डाक्टर, नर्सहरुले विरामीहरुसँग राम्रो व्यवहार नगरेको बारम्बार गुनासो आएको देखिन्छ । साथै निजी क्लिनिकमा गएका विरामीहरुलाई डाक्टरहरुलेअनावश्यक रोग बताएर औषधी भिडाउने काम गरेको पनि विरामीहरुको वर्षौदेखिको गुनासो रहेको छ । 
उपचारका लागि विरामी टाढा टाढाबाट यहाँ आएका देखिन्छन् । अस्पालमा विरामीको भीड देखिन्छन् । तर विरामी हेर्ने डाक्टर कहिले पनि हुँदैनन् ।    
पालीका उपचारका लागि आएका सुनिल खनालले भन्छन्; जिल्ला अस्पतालमा उपस्थित नभए पनि डाक्टर साहेबहरु विरामी जाँच्नमै व्यस्त हुनुहुन्छ । त्यो पनि निजी क्लिनिकमा । यस समयमा यो क्लिनिकमा विरामीको उपचार गर्दै हुनुहुन्छ । यो सयममा उहाँ यो जिल्ला अस्पतलामा हुनु पर्ने हो । डाक्टर निजी क्लिनिकमा व्यस्त हुँदा अस्पतालमा प्रसूतिको लागि आउने बिरामी सेवाबाट वञ्चित हुनपरेको छ । 
यस्तै यसअघि  पुर्व राष्ट्रिय सभा सदस्य तथा नेकपा एमाले नेता चन्द्रबहादुर खड्का उज्वलबाट गत साउन १३ गते बुधवार दुर्व्यवहारमा परेका अस्पताल प्रमुख डा. कपिल गौतमले अर्घाखाँची जिल्ला छोडेका थिए ।   
उता लुम्बिनी प्रादेशिक अस्पतालहरूमा न्युनतम सेवा मापदण्डको मुल्यांकन तथा समिक्षाका आधारमा अर्घाखाँची जिल्ला अस्पताल ७५% नतिजा प्राप्त गरी पहिलो भएको थियो । जुन नेपालका ३२ वटा अस्पतालहरू मध्ये तेस्रो नम्बरमा परेको थियो ।

अन्य समाचारहरु