खाँचीकोट, अर्घाखाँची शुक्रवार ०२ पौस २०७८ (अर्घाखाँचीडट्कम) । डिआरजी सुमन फ़ैन्स कल्व नेपालको सन्धिखर्क ७ डिही खसखोलामा राहतरकम हस्तान्तरण कार्यक्रम सम्पन्न भएको छ ।
सन्धिखर्क नगरपालिका वडा नं ०७ निवासी विष्णुमाया वचाउ अभियानको लागी डिआरजी सुमन फ़ैन्सकल्व नेपाल का अध्यक्ष चिरन खड्का र सदस्यहरु जीवन केसीको संयुक्त अभियानमा संकलन भएको रकम सन्धिखर्क नगरपालिका ०७ का वडा अध्यक्ष प्रितम थापा, डिआरजी सुमन फ़ैन्स कल्व नेपालका संरक्षक पत्रकार दिपकभूसाल, डिआरजी सुमन फ़ैन्स कल्व नेपालका सचिव नेत्र नेपाली, डिआरजी सुमन फ़ैन्स कल्व नेपालका सदस्य जीवन केसी, समाजसेवी चेत वहादुर खड्काले मृतक विष्णु माया थापाको ससुरा प्रेम वहादुर थापा तथा छोरा एन्जल थापा, छोरी एलिना थापालाई आज एक कार्यक्रम विच पन्द्रह हज़ार नगद तथा एकलाख वयासी हज़ार अठहत्तर रुपैयाको वैकरसीद हस्तान्तरण गरिएको छ ।
मृतक विष्णु माया थापाको जेठाजु सुर्य थापा, समाजसेवी डुकलाल पोखरेल, नारायण चुदाली, हिरण्य प्रसाद चुदाली, राम प्रसाद पौंडेल, सोभाखर भट्टराई, चुरा वहादुर केसी, रमेश थापा, लक्ष्मण पौडेल, टुकमान नेपाली लगायतका स्थानियको उपस्थितीमा राहतरकम हस्तान्तरण भएको छ ।
स्वतन्त्र पत्रकार डिआरजी सुमनको सहजीकरणमा पीड़ित परिवार कै निवासमा गरिएको हस्तान्तरण कार्यक्रममा सन्धिखर्क नगरपालिका ०७ वडाअध्यक्ष प्रीतम थापाले डिआरजी सुमन फ़ैन्स कल्वले उदाहरणीय कार्य गरेको भन्दै अभिनय कर्ता डिआरजी सुमनफ़ैन्स कल्वका पदाधिकारी सहित स्थानिय चिरन खड्का, जीवन केसी लगायतलाई धन्यवाद ज्ञापन गर्नु भएको छ । – तस्वीर डिआरजी सुमन अर्घाखाँची ।