बिष्णु खनाल
सन्धिखर्क, अर्घाखाँची (अर्घाखाँचीडट्कम) । अर्घाखाँची जिल्लाको सन्धिखर्कमा अर्घाखाँची बन पैदावर उद्योग व्यवसायी संघको नवौ साधारण सभा तथा पाँचौ जिल्ला अधिवेशन शुक्रवार सम्पन्न भएको छ ।
सन्धिखर्क सम्पन्न भएको पाँचौ जिल्ला अधिवेशनले बावुराम श्रेष्ठको अध्यक्षतामा नयाँ कार्य समिति चयन गरेको छ । जसको उपाध्यक्षमा हिरा बहादुर के.सी., उपाध्यक्ष डम्बरलाल श्रेष्ठ, महासचिव धु्रव भट्टराई, सचिव कर्ण बहादुर आले र कोषाध्यक्षमा बसन्ता पौडेल निर्वाचित भएका छन् ।
यस्तै सदस्यमा मोतिराज न्यौपाने, बलु पाण्डे, प्रेम बहादुर बेल्बासे रहेका छन् । कार्यक्रममा जिल्लास्थित सुरक्षा निकाय, राजनैतिक दलका नेता, समाजसेवि, सञ्चारकर्मी लगायतकाे उपस्थिति रहेकाे थियाे ।