नुवाकोटको निमडाँडा, निमडाँडामा पौराणिक सनातन धर्मको संरक्षण गर्दै पौडेल बन्धुहरुको कुल पुजा सम्पन्न


दिपेन्द्र  पौडेल
नुवाकोट, अर्घाखाँची (अर्घाखाँचीडट्कम) । अर्घाखाँची जिल्लाको भुमिकास्था नगरपालिका  ८ नुवाकोटमा रहेको पौडेल चुदाली  बन्धुहरुको देवाली पुजा सम्पन्न गरिएको छ ।  
निमडाँडामा बसिरहेका  र  निमडाँडाबाट  बसाइँ सराई गरेर सन्धिखर्क  काठमाडौ  बुटवल  तौलिहवा  नेपालगन्ज लगायतका विभिन्न ठाउँ  बसाइँसराइ  गरि बस्नुभएका सम्पुर्ण पौडेल बन्धुहरुको उपस्थिति रहेको थियोे ।  कुल पुजा गर्न  गौरा  थानमा  बाल बच्चा देखि बुढापाकाहरु आउनुभएको थियो ।
पुरानो  संस्कृति  संस्कार  परम्पराको जगेर्ना  गर्ने  हामी   सबै  पौडेल  बन्धुहरु आफ्नो  कर्तव्य  निर्वाह  गर्छौ काठमाडौबाट आउनुभएको  बिस्णु पौडेल  भन्नु भयो ।
निमडांडाका पौडेल बन्धुहरु पानीको  अभाव र बाटो को पहुँच बाट आफुहरु बन्चितहुदा  उ बेला आफुहरु बसाइँसराइ गर्न  बाध्य भएको  रामकृष्ण  पौडेल  गुनासो गर्नुभयो  आफुहरुले  यो जन्मभूमि मायाहुदाहुदै बाध्यभएर यस ठाँउ बाट  बिस्तापित हुनप्रधाको तितो यथार्थ  सुनाउनु भयो ।
आफुहरु जहाँ  गएतापनि दुई बर्षमा एक पल्ट यस् ठाँउमा खुशि भएर  कुल देवता पुजाको लागि आउने कुरामा  दुईमत हुदैन सबै पौडेल  बन्धुहरुको एउटै अवाज थियोे ।
यो जिल्लादेखि  टाढा गएका पौडेलहरु मध्य केहिको भनाई भने सबै लाइ सेन्टर पर्ने ठाँउ खोजी  गरि कुल पुजा गौरो सार्नुपर्ने  कुरा पनि उठाउनु भएको छ यस्  कुरामा  सबैको सहमति  जनाए  सम्भव  देखिन्छ  उहाँ हरुको कथन थियोे  तर आफुहरु कुलफुटाएर लैजाने पक्षमा  नरहेको  कुरा पनि प्रष्ट  पार्नुभयो।

अन्य समाचारहरु