अर्घाखाँची प्रहरी फरार अभियुक्त खोज्दै | चार महिनामा आठ जना प्रक्राउ


अनिल नेपाली
सन्धिखर्क, अर्घाखाँची (अर्घाखाँचीडट्कम) । विभिन्न प्रकृतिका अपराध गरेर लुकिछिपी बसेका फरार अभियुक्तलाई अर्घाखाँची प्रहरीले धमाधम पक्राउ गरिरहेको छ । अपराध गरेर भागेका प्रहरी सूचिका फरार व्यक्ति, अदालतले विभिन्न मुद्दामा कैद, जरिवाना तोकेका व्यक्तिहरु कैद र जरिवाना भुक्तानी नगरेका व्यक्तिलाई प्रहरीले पक्राउ गरिरहेको हो ।
अर्घाखाँचीमा प्रहरी प्रमुख प्रहरी नायब उपरिक्षक अम्मर बहादुर थापा क्षेत्रीको सरुवा भई आएसँगै फरार अभियुक्त पक्राउ पर्न थालेका हुन। जिल्ला प्रहरी कार्यालय अर्घाखाँचीका अनुसार चालू आर्थिक बर्षको पछिल्लो चार महिनामा आठ जना फरार प्रतिवादीलाई प्रहरीले प्रक्राउ गरेको छ । प्रहरीले अदालतले विभिन्न समयमा फैसला गरि फरार रहेकाहरुलाई प्रक्राउ गरि कारागार चलान गरेको हो । २२ वर्ष देखी फरार रहेका देखी पछिल्लो केहि महिना देखी फरार रहेकालाई प्रक्राउ गरिएको प्रहरी नायव उपरिक्षक अम्मरबहादुर थापाले जानकारी दिए । 
२०५६ साल असार १८ गते फैसला भएका कर्तव्य ज्यानका प्रतिवादी शितगंगा नगरपालीका वडा नम्वर ७ का खिमबहादुर पुलामीलाई २०७८ कार्तिक १६ गते प्रक्राउ गरि कारागार पठाईएको प्रहरीको भनाई रहेको छ । 
पछिल्लो पटक २०७८ मसिर २३ गते बहुविवाह गरि फरार रहेका बसन्त नेपालीलाई प्रक्राउ गरि सजाय भुक्तानको लागि कारागार चलान गरिएको सुचना अधिकारी तथा प्रहरी निरिक्षक गणेश खनालले जानकारी दिए । त्यस्तै पाणिनी गाउँपालीका साविक मैदान गाविस वडा नम्वर ९ का नारायण बहादुर सुर्यवसीलाई हत्या गरि फरार रहेका सोही स्थानका हुमबहादुर रास्कोटी,लागुऔषधमा संलग्न पाणिनी गाउँपालीका साविक पाली गाविस वाडनम्वर २ निवासी रोसन अलि,कर्तव्य ज्यानमा फरार रहेका सितगंगा नगरपालीका वाडनम्वर ७ निवासी खिमबहादुर पुलामी,छत्रदेव गाउँपालीका वाडनम्वर ४ निवासी गोकुल बस्नेत चोरी सम्बधी कसुरमा फरार रहेकोमा प्रक्राउ गरिएको प्रहरी निरिक्षक सुजन शाहले बताए । 
सवारी ज्यानमा फैसला भई फरार रहेका पाणिनी गाउँपालीका – ३ का मनोज दलार्मी,बैकिङ कसुरमा भुमिकास्थान नगरपालीका – ८ का लिलबहादुर कुवर क्षेत्रि र बहुविवाह सम्बन्धि कसुरमा फरार रहेका सन्धिखर्क नगरपालीका  ११ का तेज बहादुर कुवरलाई प्रक्राउ गरि कारागार चलान गरिएको प्रहरी प्रमुख थापाले बताए । असारमा सरुवा भई आउनु भएका थापाको विशेष अप्रेशनमा प्रतिवादीहरु प्रक्राउ परेको जनाईएको छ । गल्ती गरेपछि कुनै दिन कानुनको दायरमा आउने पर्छ भन्ने मान्यता स्थापित गर्न पनि जिल्लामा फरार अभियुक्त पक्राउ अभियान नै चलाईएको प्रमुख थापाले बताए ।
एक सफल प्रहरी अफिसरको पहलमा धेरै सुधार हुन्छ भन्ने उदाहरण थापा रहनु भएको छ । अपराध न्युनिकरणको लागी बजार टोल टोलमा सिसि क्यामरा जडान,प्रहरी चौकी निर्माण तथा मर्मत सम्भार कार्य,कार्यालय परिषदमा जनमैत्रि स्थान,सामन्य मानिसको सिधै प्रहरी प्रमुखको पहुच लगाएतका उल्लेखनिय कार्य गदै अहिले जिल्लामा पहिचान बनाएका छन् । गाउँमा आत्महत्या तथा अन्य सचेतना जगाउन विभिन्न कार्यक्रम,ग्रामिण भेगमा प्रहरी गस्ति,सामुदायिक प्रहरी मार्फत जनगुनासो सम्बोधन उनि आएपछिका उल्लेखनिय सुधार युक्त कामहरु रहेको जिल्लाबासीको भनाई छ।

अन्य समाचारहरु