मालारानी गाउँपालिका पनि भयो कोरोना मुक्त


अर्घाखाँचीडट्कम संवाददाता 
खनदह, अर्घाखाँची (अर्घाखाँचीडट्कम) । अर्घाखाँची जिल्लाको मालारानी गाउँपालिका कोरोना मुक्त भएको छ ।  यस गाउँपालिकामा आज सक्रिय कोरोना संक्रमितको संख्या सुन्य रहेको छ ।
साथै अर्घाखाँचीडट्कमको दैनिक उप्डेट विवरण अनुसार यस  मालारानी गाउँपालिकामा गत वर्षदेखि आजसम्म संक्रमितको संख्या ५६२ जना रहेको छ । 
यस्तै यस  पालिकामा गत वर्षदेखि आजसम्म  ५४७ जनाले कोरोना जितेका छन् । भने अहिलेसम्म १५ जनाको निधन भएको छ । 
बिहिवारको कोरोना विवरण यस्तो छ:
जिल्लामा आजसम्म सक्रिय कोरोना संक्रमितको संख्या ११  जना पुगेको छ । जसमा सन्धिखर्क नगरपालिकामा १  जना, भूमिकास्थान नगरपालिकामा २  जना,  शितगंगा नगरपालिकामा ० जना,  मालारानी गाउँपालिकामा १,  पाणिनी गाउँपालिकामा ७   र छत्रदेव गाउँपालिकामा ०  जना संक्रमित रहेका छन् । 
जिल्लामा गत वर्षदेखि आजसम्म संक्रमितको संख्या ४४९८ जना पुगेको छ । जसमा सन्धिखर्क नगरपालिकामा १९७३  जना, भूमिकास्थान नगरपालिकामा ७६३ जना,     शितगंगा नगरपालिकामा ४४४ जना,       मालारानी गाउँपालिकामा ५६२ जना,  पाणिनी गाउँपालिकामा ४५५  जना  र छत्रदेव गाउँपालिकामा ३०१   जना संक्रमित रहेका छन् ।   
साथै पछिल्लो २४ घण्टामा जिल्लाभर १ जनाले कोरोना जितेका छन् । जिल्लामा गत वर्षदेखि आजसम्म  ४३९८ जनाले कोरोना जितेका छन् ।  जसमा सन्धिखर्क नगरपालिकामा १९४२  जना, भूमिकास्थान नगरपालिकामा ७४५  जना,  शितगंगा नगरपालिकामा ४३०  जना,   मालारानी गाउँपालिकामा ५४७ जना,    पाणिनी गाउँपालिकामा ४३७  जना   र छत्रदेव गाउँपालिकामा २९७  जनाले कोरोनालाई जितेका हुन् ।
यस्तै जिल्ला प्रशासन कार्यालयका अनुसार काेराेना संक्रमणका कारण जिल्लामा गतवर्षदेखि हालसम्म ९० जनाको ज्यान गएको छ । जसमा सन्धिखर्क नगरपालिकामा ३०  जना, भूमिकास्थान नगरपालिकामा १६, शितगंगा नगरपालिकामा १ जना आत्महत्या सहित १४, मालारानी गाउँपालिकामा १५, पाणिनी गाउँपालिकामा ११   र छत्रदेव गाउँपालिकामा ४ जना  रहेका छन् ।