श्याम घिमिरे
सन्धिखर्क, अर्घाखाँची (अर्घाखाँचीडट्कम ) । अर्घाखाँची जिल्लाको सन्धिखर्क नगरपालिका वार्ड नम्वर २ चुत्राबेसीको भक्तिटोलमा रहेको शिद्धेश्वर शिवालय मन्दिरमा आवाशीय रुपमा बस्दै आएका पाणिनी वेद विद्याश्रमका वटुकलाई सन्धिखर्क नगरपालीका वार्ड नम्वर १० ले खाद्य सामाग्री सहयोग गरेको छ ।
उक्त सामाग्री सन्धिखर्क नगरपालीकाका प्रमुख प्रशासकिय अधिकृत नारायण अर्याल,वडाअध्यक्ष लक्ष्मीनारायण चुँदाली,सदस्यहरु भेषराज क्षेत्री,ऋषिकेश भुसाल,वडा सचिब धर्मराज भुसाल लगायतले सुक्रवार संयुक्त हस्तान्तरण गर्नुभएको हो ।
कार्यक्रममा प्रमुख प्रशासकिय अधिकृत अर्यालले लोपहुन लागेको संस्कृत भाषालाई जगाउन पाणिनि वेद विद्याश्रमले महत्वपुर्ण भुमिका निर्वाह गरेको भन्दै संस्कृतिको रक्षा गर्न सबै लाग्नुपर्नेमा जोड दिनुभयो ।
वडाले बिद्यालयमा अध्ययनरत वटुक र शिद्धेश्वर शिवालय मन्दिरमा आवाशीय रुपमा बस्दै आएका मन्दिरका पुँजारी लगायत अन्य कर्मचारीलाई दैनिक भोजनको लागि आबश्यक पर्ने दाल ,चिनि,चिउरा,चना, आलु,तोरीको तेल सहित गरी रु ३० हजार मुल्य बराबरको खाद्य सामाग्री सहयोग गरेकोे शिद्धेश्वर शिवालय सञ्चालक समितिका सचिब कृष्णप्रसाद भुसालले जानकारी दिनुभयो ।
कक्षा १० सम्म संस्कृत बिषय पढाई भईरहेको पाणिनि वेद विद्याश्रममा अहिले ४२ जना बिद्यार्थी अध्ययनरत रहेको विद्याश्रमका प्रधानाध्यापक भेषराज पौडेलले बताउनुभयो । बिद्यार्थी संगै बिहान साँझ गरि दैनिक झण्डै ८५ जनाले भोजन गर्ने मन्दीरका पुजारी सुमन्त पोख्रेलले जानकारी दिनुभयो ।
यसैबिच शिद्धेश्वर शिवालय सञ्चालक समितिले पालीकाको रुपमा पहिलो पटक खाद्य सामाग्री सहयोग गर्ने सन्धिखर्क नगरपालीका वडानँवर १० लाई धन्यबाद ज्ञापन गरेको छ । समितिका अध्यक्ष नारायण प्रसाद खनालले पबित्र कार्यमा मनैदेखी सहयोग गर्ने सन्धिखर्क १० लगायत सम्पुर्ण सहयोगी मनहरुलाई हार्दिक आभार सहित धन्यबाद प्रकट गर्नु भएको छ । खनालले सहयोग गर्न चाहाने अन्य संघसंस्था तथा महानुभावहरुलाई सहयोग गर्न अपिल समेत गर्नुभएको छ ।