अर्घाखाँचीडट्कम संवाददाता
ढिकुरा, अर्घाखाँची (अर्घाखाँचीडट्कम ) । अर्घाखाँची जिल्लाको भुमिकास्थान नगरपालिका वार्ड नं. ९ ढिकुराको डेभामा अवैध रुपमा खानी खन्ने एक्साभेटरलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।
डेभा-धन्चौर सडक ।
ढिकुराको डेभा डेभा स्थित सडकदेखि केही टाढा प्रदेश ३-०१-००३ क ६४९८ नम्बरको एक्साभेटरले अवैध रुपमा खनी रहेको अवस्थामा बिहिवार दिउसो ३ बजे प्रहरीले नियन्त्रणमा लिएको हो ।
उक्त एक्साभेटर नियन्त्रणमा लिई आवश्यक कारवाहीको लागि प्रहरीले नुवाकोट स्थित भुमिकास्थान नगरपालिकाको कार्यालय पठाईएकोमा रु.५०,००० (पचास हजार रुपैयाँ) जरीवाना भएको छ ।