सन्धिखर्कमा एमाले निकट महिला संघ जिल्ला कमिटीकाे सचिवालय विस्तारित बैठक सम्पन्न


गणेश खनाल
सन्धिखर्क, अर्घाखाँची (अर्घाखाँचीडट्कम) । नेकपा (एमाले) निकट अखिल नेपाल महिला संघ जिल्ला कमिटी अर्घाखाँचीकाे सचिवालयकाे विस्तारित बैठक मदन आश्रीत स्मृति भवन सन्धिखर्कमा सम्पन्न भएकाे छ ।
 बैठकमा नेकपा एमाले केन्द्रीय सदस्य जिल्ला ईन्चार्ज  चन्द्र बहादुर खड्का र केन्द्रीय सदस्य जिल्ला सह ईन्चार्ज चेतनारायण आचार्यलाई बधाई तथा सम्मान समेत गरेका छ । चितवनमा सम्पन्न महाधिवेशनमा दुवै जना केन्द्रीय सदस्यमा विजयि हुनुभएकाे थियाे ।
कार्यक्रममा बाेल्दै खड्काले चितवनमा सम्पन्न महाधिवेशनले एमालेलाई थप उर्जा सहित गतिशिल बनाएकाे बताउनुभयाे । आसन्न निर्वाचनमा एमालेलाई बहुमत पुर्‍याउने गरि काममा खट्न कार्यकतालाइ निर्देशन दिनुभयाे । 
जिल्ला सहईन्चाज आर्चायले अर्घाखाँचीमा एमाले पहिलाे दल रहेकाे भन्दै आसन्न हुने तीन तहका निर्वाचन विजय हुने बताउनुभयो ।

अन्य समाचारहरु