दीपेन्द्र पौडेल
नुवाकोट, अर्घाखाँची (अर्घाखाँचीडट्कम) । अर्घाखाँची जिल्लाको भुमिकास्थान नगरपालिका वार्ड नम्बर ८ नुवाकोटको श्री यशोधरा आधारभूत विधालयले २०७७ काे वार्षिक परीक्षाकाे पुरस्कार वितरण तथा शिक्षक विदाई कार्यक्रम सम्पन्न गरेको छ ।
उक्त कार्यक्रम तेज प्रसाद गैरेको अध्यक्षता राजकुमार श्रेष्ठको प्रमुख आथिथ्यता अक्षयकोष दाता गोपाल गैरे राम प्रसाद गैरेको विशेष आतिथ्यता साथै अक्षयकाेष दाता गाेपाल गैरेद्वारा स्थापना गरिएको स्व भिमलाल टाेपकला, बाबुराम खनाले स्थापना गरेकाे स्व कबिराज खिमकला खनाल,र रामप्रसाद गैरे स्थापना गरेकाे छ ।
स्व डिलाराम बालकुमारी गैरे स्मृति अक्षयकोष बाट कक्षा एक देखी -आठ सम्मका प्रथम, दोस्रो र तेस्रो हुने २४ जना विद्यार्थीहरुलाई नगद पुरस्कार प्रदान गरिएको थियो ।
कार्यक्रमा प्रधानाध्यापक मदन खनालले विद्यालयको वर्तमान अवस्था र बाषिक योजनाको बारेमा अभिभावलाई प्रकाश प्रानुभयो साथै यस् विद्यालयबाट सरुवा हुनुभएका शिक्षक पुनकला आले र निर्मला खनाल को सम्मान कार्यक्रम सम्पन्न गरियाे उक्त कार्यक्रममा भु.पु विद्यार्थी यादब गैरेले ६ थान घडि ,समाजसेवि कृष्ण श्रेष्ठले झन्डा गाड्नकाे लागि ५ वटा फलाम पाईप तथा शिक्षक पुनकला आले र निर्मला खनाललाइ मायाको चिनो सहित बिदाइ गरियो।
कार्यक्रम चन्द्रमणि गैरेको सन्चालनमा सम्पन्न भएको थियो ।