अर्घाखाँचीडट्कम संवाददाता
सन्धिखर्क, अर्घाखाँची (अर्घाखाँचीडट्कम) । अर्घाखाँची जिल्लाको सन्धिखर्कमा नेपाली कांग्रेस निकट नेपाल निजामती कर्मचारी युनियन अर्घाखाँचीको ८ औं जिल्ला अधिबेशन सम्पन्न भएको छ ।
सन्धिखर्कमा आज शनिवार नेपाल निजामती कर्मचारी युनियन अर्घाखाँचीको ८ औं जिल्ला अधिबेशन सम्पन्न भएको हो ।
अधिवेशनले माधव अर्यालकाे अध्यक्षतामा नयाँ नेतृत्व चयन गरेकाे छ । जसकाे उपाध्यक्षमा विष्णु आचार्य र दिपक पाण्डे, मञ्जु खनाल, सचिवमा अर्जुन रेग्मी, सहसचिवमा रमेश न्याैपाने र काेषाध्यक्षमा शिवहरी खनाल चयन भएका छन् । जसकाे सदस्यहरूमा क्रमशः गिताभुसाल, हिमा न्याैपाने, दुर्गा विक, पुनाराम भुसाल, माष्कर आचार्य, जगदिश्वर पाण्डे, रिषव श्रेष्ठ, गिरिप्रसाद मरासिनी, चन्द्रमणि आचार्य, रमेश भट्टराई चयन भएका छन् ।
त्यस्तै अधिवेशनले केन्द्रीय महाधिवेशन प्रतिनिधिमा शेषकान्त घिमिरे, विकल्प भट्टराई, रवि अर्याल, रूकेन्द्र पालुङगे, शालिकराम पन्थि चयन भएका छन् । महाधिवेशन प्रयवेक्षकमा नुमलाल खनाल र मञ्जु खनाल चयन भएका छन् । अधिबेसनको नेपाली कांग्रेस लुम्बिनी प्रदेस सहमहामन्त्री बिस्नु प्रसाद खनाल मुस्कानले एक भब्य समारोहबीच उदघाटन गर्नु भएको थियो ।
कार्यक्रममा नेपाली काङ्ग्रेसका जिल्ला सभापति केशब श्रेष्ठ पुर्व जिल्ला सभापति पिताम्वर शर्मा, पुर्व जिल्ला सभापति कमल प्रसाद भुसाल निजामती कर्मचारी युनियनका केन्द्रीय उपाध्यक्ष तथा प्रदेस सयोजक मदन गौतम लुम्बिनी प्रदेस सामसद निर्मला क्षेत्री प्रमुख जिल्ला अधिकारी हरि प्रसाद घिमिरे सन्धिखर्क नगरपालिका का प्रमुख प्रशासकीय अधिकृत नारायण अर्याल प्रहरी नायब उपरीक्षक अम्मर थापा नेपाली काङ्ग्रेस प्रदेस सदस्य शान्ता भन्डारि गिता घिमिरे नेपाली काङ्ग्रेस का उपसभापति बिस्नु प्रसाद भुसाल बाबुराम पौडेल जिल्ला सचिब कृस्न खनाल अच्युत गौतम सहसचिव कमल पौडेल मेघराज पान्डे महाधिवेशन प्रतिनिधि तथा सितगङगा नगरप्रमुख सुर्य प्रसाद अधिकारी महाधिवेशन प्रतिनिधि तथा छत्रदेव गाउपालिका का अध्यक्ष लेखनाथ पोख्रेल आधिकारिक ट्रेड युनियनका अध्यक्ष झबिन्द्र खनाल पुर्व अध्यक्ष प्रकाश भट्टराई निजामती कर्मचारी सगठनका अध्यक्ष सिला पोख्रेल पत्रकार महासघका अध्यक्ष असोक खनाल लगायतको उपस्थिती रहेको थियो ।
कार्यक्रम नेपाल निजामती कर्मचारी युनियनका जिल्ला अध्यक्ष शेषकान्त घिमिरेको अध्यक्ष्यता सचिब रबि अर्यालको सन्चालन उपाध्यक्ष माधब अर्यालको स्वागत मन्तब्यमा सम्पन्न भएको छ ।