पारस भट्टराई
ढिकुरा, अर्घाखाँची (अर्घाखाँचीडट्कम) । अर्घाखाँची जिल्लामा ब्यापक रुपमा चिसो बढेपछि जनजीवन प्रभावित भएको छ।
अर्घाखाँचीका कैयौ भागमा बिहानैदेखि लागेको बाक्लो हुस्सुसँगै अत्यधिक चिसो बढेको हो । पश्चिमा वायुको प्रभावले गर्दा चिसो अत्याधिक रुपमा बढेर तापमान कम हुँदै जाँदा जिल्लाको बिहानी र साँझको जनजीवन प्रभावित भएको देखिन्छ ।
जाडोका कारण वृद्धवृद्धा र बालबालिका सबैभन्दा बढी प्रभावित भएका छन् । चिसो बढेपछि स्थानीय बासिन्दाले बिहानपख ठाउँ–ठाउँमा आगो ताप्न शुरु गरेका छन् ।
पश्चिमा वायुको प्रभावका कारण एक्कासी बढेको चिसोबाट बाँच्न न्यानो लुगा, घरबाहिर कम निस्कन, आगो ताप्न तथा बालबालिकाहरुलाई राम्ररी राख्न जिल्ला प्रहरी प्रशासन कार्यालयले अनुरोध गरेको छ ।
यस्तै चिसोबाट निमोनिया, दम, कोल्ड ज्वरो, उच्च रक्तचापका विरामीहरु संयमित भएर बस्न र तातो पानीको प्रयोग गर्न पनि अनुरोध गरिएको छ ।