भूमिकास्थान र पाणिनी बाहेक सबै पालिका कोरोना मुक्त भए (सम्पूर्ण विवरण सहित)


अर्घाखाँचीडट्कम संवाददाता 
ठाडा, अर्घाखाँची (अर्घाखाँचीडट्कम) । अर्घाखाँची जिल्लाको भूमिकास्थान नगरपालिका र पाणिनी गाउँपालिका बाहेकका सबै  पालिका कोरोना मुक्त भएका छन् ।  
सन्धिखर्क नगरपालिका,  शितगंगा नगरपालिका,  मालारानी गाउँपालिका  र छत्रदेव गाउँपालिका कोरोना मुक्त भएका हुन् ।   
साथै अर्घाखाँचीडट्कमको दैनिक उप्डेट विवरण अनुसार सन्धिखर्क नगरपालिकामा ०  जना, भूमिकास्थान नगरपालिकामा २  जना,  शितगंगा नगरपालिकामा ० जना,  मालारानी गाउँपालिकामा ०, पाणिनी गाउँपालिकामा ५   र छत्रदेव गाउँपालिकामा ०  जना संक्रमित रहेका छन् ।
जिल्लामा गत वर्षदेखि आजसम्म संक्रमितको संख्या ४५०२ जना पुगेको छ । जसमा सन्धिखर्क नगरपालिकामा १९७३  जना, भूमिकास्थान नगरपालिकामा ७६३ जना,     शितगंगा नगरपालिकामा ४४४ जना,       मालारानी गाउँपालिकामा ५६२ जना,  पाणिनी गाउँपालिकामा ४५९  जना  र छत्रदेव गाउँपालिकामा ३०१   जना संक्रमित रहेका छन् ।   
साथै पछिल्लो २४ घण्टामा जिल्लाभर २ जनाले कोरोना जितेका छन् । जिल्लामा गत वर्षदेखि आजसम्म  ४४०५ जनाले कोरोना जितेका छन् ।  जसमा सन्धिखर्क नगरपालिकामा १९४३  जना, भूमिकास्थान नगरपालिकामा ७४५  जना,  शितगंगा नगरपालिकामा ४३०  जना,   मालारानी गाउँपालिकामा ५४७ जना,    पाणिनी गाउँपालिकामा ४४३  जना   र छत्रदेव गाउँपालिकामा २९७  जनाले कोरोनालाई जितेका हुन् ।
यस्तै जिल्ला प्रशासन कार्यालयका अनुसार काेराेना संक्रमणका कारण जिल्लामा गतवर्षदेखि हालसम्म ९० जनाको ज्यान गएको छ । जसमा सन्धिखर्क नगरपालिकामा ३०  जना, भूमिकास्थान नगरपालिकामा १६, शितगंगा नगरपालिकामा १ जना आत्महत्या सहित १४, मालारानी गाउँपालिकामा १५, पाणिनी गाउँपालिकामा ११   र छत्रदेव गाउँपालिकामा ४ जना  रहेका छन् ।

अन्य समाचारहरु