अर्घाखाँचीका तारा प्रसाद बन्जाडे नेपाल गणित समाजको केन्द्रीय सदस्यमा निर्वाचित


अर्घाखाँचीडट्कम संवाददाता 
काठमाडौं (अर्घाखाँचीडट्कम) । नेपाल गणित समाजको ४३ औँ साधारण सभा तथा अधिवेशनमा अर्घाखाँचीका डा. तारा प्रसाद बञ्जाडे सदस्यमा बिजय हुनु भएको छ। 
पौष १० गते भएको  निर्वाचनमा  सभापति प्रा.डा.नारायण प्रसाद पहारी , उपसभापति डा. श्रीराम खड्का,  सचिव डा. परमेश्वरी कट्टेल, सहसचिव  डा. ईश्वरमणि अधिकारी, कोषाध्यक्ष अञ्जना पोखरेल र सदस्यहरू डा.तारा प्रसाद बन्जाडे, डा.फणिन्द्र प्रसाद भण्डारी,  टेक बहादुर बुढाथोकी, विष्णु प्रसाद भण्डारी, हरि प्रसाद ज्ञवाली र हेमराज पाण्डे निर्वाचित हुनु भएको छ। २ सदस्य समितिले मनोनित गर्दै  १३ जना सदस्यीय कार्यसमिति बन्ने छ।
डा.चेतराज भट्टको सभापतित्वमा ४३ औँ साधारण सभा तथा अधिवेशन सम्पन्न भयो।  प्रमुख आतिथ्य नाष्टका उपकुलपति प्रा. डा. सुनिल बाबु श्रेष्ठले उक्त सत्रलाई उद्घाटन गर्दै  “समाजका गतिविधिहरूमा आफूहरू हातेमालो गर्न तयार रहेको बताउनु भएको छ।” 
नव निर्वाचित सभापति प्रा.डा. पहारीले “मुलुकको दूर दराजदेखि साधारण सभाको सफलताका लागि काठमाडौंसम्म पाल्नुहुने सम्पूर्ण सदस्य महानुभावहरू प्रति कृतज्ञता ज्ञापन दिदै, निवर्तमान तथा पूर्ववर्ती समितिहरूका महत्वपूर्ण कार्यक्रमहरूलाई  निरन्तरता कायम राख्ने बताउनु भयो।” 

अन्य समाचारहरु