कमला पाेख्रेल | अर्घाखाँचीडट्कम संवाददाता
वाङ्ला, अर्घाखाँची (अर्घाखाँचीडट्कम) । अर्घाखाँची जिल्लाको सन्धिखर्क नगरपालिका वार्ड नम्बर ५ वाङ्लामा वार्ड याेजना सम्झौता कार्य शुरु भएको छ ।
छिटो छरितो सेवा प्रवाह गर्न र याेजना सम्झौता गर्न सन्धिखर्क नगरपालिकामा आउनु पर्ने झन्झटकाे अन्त्य गर्दै वार्ड नम्बर ५ मा वार्ड कार्यालयमै पुगेर याेजना सम्झौता गरेकाे हाे ।
वडामै याेजना सम्झौता गर्न पाएपछि स्थानीय उपभोक्ताहरु खुशी भएका छन् । नगरपालिकाले सबैभन्दा छिटो याेजना सम्पन्न गर्ने वडालाई पुरस्कृत गरिने शाखा अधिकृत मञ्जु खनालले बताउनुभयो ।
नगरपालिकाका शाखा अधिकृत मञ्जु खनाल , इन्जिनियर प्रमाेद केसी लगायतको टाेलीले वडामै पुगेर याेजना सम्झौता गरेको हाे ।
कार्यक्रम वडा अध्यक्ष राजेन्द्र भुसालको अध्यक्षतामा सम्पन्न भएको हाे ।